|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले हिन्दुराज्यको एजेण्डा लिएर जनतामाझ जान कार्यकर्तालाई निर्देशन दिएका छन्। नवनिर्वाचित केन्द्रीय सदस्यको नतिजा सार्वजनिक तथा बधाई समारोहमा अध्यक्ष थापाले संविधानसम्बत रुपमा हिन्दु राज्यको एजेण्डा लिएर जनतामाझ जान निर्देशन दिए।

उनले संसद्‍मा पार्टीको प्रतिनिधित्व नभएका कारण संविधान जारी हुँदाको समयमा हिन्दू राज्यको एजेन्डा स्थापति हुन नसकेको बताए। उनले कार्यकर्ताहरुलाई अबको निर्वाचनमा एक नम्बर पार्टी बन्नेगरी परिचालिन हुन आह्‍‍वान गरे।

एकता महाधिवेशनपछि पार्टीले स्पष्ट गन्तव्य तय गरेको थापाले बताए। उनले राष्ट्रियता, प्रजातन्त्र र उदार आर्थिक नीतिको धरातलमा रही सम्वृद्ध नेपालको निर्माणमा लाग्न सबैलाई आव्हान गरे। पार्टीले तात्कालीन समयमा संविधानमा आलोचनात्मक समर्थन जनाएको उनले बताए। उनले संविधानको परिधि भित्रै रहेर जनताको विश्वास जित्ने दाबी गरे।

राप्रपा महाधिवेशनले अध्यक्षमा थापासहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। निर्वाचित ९८ जना केन्द्रीय सदस्यबाटै राप्रपाले पदाधिकारी चयन गर्नेछ। मनोनित सदस्य समेत गरेर राप्रपाको केन्द्रीय समितिमा १ सय ६१ जना हुनेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.