|

कपिलवस्तु : पुर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धबाटिका नगरपालिका –५ गोरुसिंगेमा बसले ठक्कर दिएपछि १ जनाको मृत्यु भएको छ।

ठक्करबाट सोहि नगरपालिकाको वडा नम्बर ९, पांकु बस्ने वर्ष ६७ का हिमलाल भुसालको मृत्यु भएको हो। पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख १२८० नम्बरको बसले बुधबार बिहान बाटोको छेउमा हिडिरहेका बेला उनलाई ठक्कर दिएको थियो। भुसालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङगेले जनाएको छ।

जिल्ला अस्पताल तौलिहवामा पोष्टमार्टमपछि भुसालको शव परिवारको जिम्मा लगाइएको प्रहरीले जानकारी दियो। ठक्कर दिने बसका चालक प्रहरी नियन्त्रणमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.