संक्रमित सबै विदेशबाट आएका

|

दाङ : जिल्लामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परीक्षणमा तुलसीपुरका विभिन्न वडाका २ महिलासहित ९ जनामा कोरोना पुष्टि भएको उपमहानगरका कोभिड १९ फोकल पर्सन विमल केसीले जानकारी दिए। 

तुलसीपुर उपमहानगरपालिका–१ का १ जना, वडा नं. ४ का १ जना, वडा नं. ५ का २ जना, वडा नं. ८ का १ जना, वडा नं. ९ का १ जना, वडा नं. १४ का १ जना र वडा नं. १५ का २ जना गरी ९ जनामा कोरोना पुष्टि भएको हो।  

२८ र ३४ वर्षीया २ महिला, १७ ,१७, २२, ३१, ३३, ३५ र ४६, वर्षीय ७ जना पुरुषमा कोरोना पुष्टि भएको हो।  उनीहरु सबै क्वारेन्टाइनमा बसेका व्यक्ति हुन्। संक्रमितमध्ये ५ जना भारतबाट र ४ जना भने तेस्रो मुलुकबाट आएकाहरु रहेका फोकल पर्सन केसीले जानकारी दिए।

क्वारेन्टाइन बसेका तथा कन्ट्याक्ट ट्रेसिङ र समुदाय स्तरमा तथा होम क्वारेन्टाइनमा बसेकाको गरी साउन २८ गते १ सय ५२ जनाको स्वाब संकलन गरिएको थियो। तीमध्ये १ सय ४३ जनाको रिपोर्ट भने नेगेटिभ आएको केसीले बताए। हालसम्म उपमहानगरमा ७७ जनामा कोरोना पुष्टि भए पनि ६२ जना निको भएर घर फर्किएका छन्। अब उपमहानगरमा १५ जना मात्र राप्ती लाइफको क्वारेन्टाइनमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.