|

काठमाडौं : फिल्म निर्भयको नयाँ रोमन्टिक गीतको भिडियो सार्वजानिक भएको छ। 'मेरो हर सासमा बास छ तिम्रो' बोलको गीतमा निखिल उप्रोती र नीता ढुङ्गानाको अभिनय छ। 

तारा प्रकाश लिम्बुको संगीत रहेको गीतमा तारा प्रकाश र रजिना रिमालले स्वर भरेका छन्।  भिडियोको करियोग्राफी राम्जी लामिछानेले गरेका हुन्।

चैत ११ गते देखि प्रर्दशनमा आउन लागेको उक्त फिल्ममा निखिल उप्रेती र निताको अलवा सुशिल पोखरेल, विकाश चापाँगाई, विशाल पहाडी, प्रज्वल गिरी लगायतको अभिनय छ। फिल्म निर्भयलाई मधुसुदन भट्टराईले निर्देशन गरेका छन्। फिल्मका निर्माता देवी प्रसाद पाण्डे हुन्।

निखिल र नीताको केमेस्ट्रीसहितको भिडियो : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.