|

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारमा कोरोना पुष्टि भएको छ। शुक्रबार स्याब संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो।

उनी अहिले होम आइसोलेसनमा बसेका नगरपालिकाका एक कर्मचारीले बताए। उनका अनुसार मेयरमा भने कोरोनाको लक्षण देखा परेका छैन। हल्का ज्वरो मात्र लागेपछि मेयर पजियारले कोरोना परीक्षण गराएका थिए। यस्तै क्षिरेश्वरनाथ नगरपालिका ५ की एक ४८ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ। उनको स्वास्थ्य भने सामान्य रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.