|

पर्सा : पर्सामा फेरि एक जनाको कोरोनाका कारण मृत्यु भएको छ। एक हप्तादेखि ज्वरो, खोकी र श्वास  प्रश्वासको लक्षण देखिएका उनको आज मृत्यु भएको हो। 

स्वास्थ्य परीक्षण नगराई गाउँघरमै राख्दै गरेका उनलाई आज बिहान नारायणी अस्पतालमा ल्याइपुर्‍याउँदा मृत्यु भएको नारायणी अस्पतालको कोभिड अस्थायी अस्पताल गण्डकका संयोजक डा उदय नारायण सिंहले बताए।

उनको कोरोना परीक्षण गर्दा संक्रमण देखिएको छ। लक्षण सहितका विरामीलाई समयमा नै अस्पतालमा नल्याउँदा ढिलो भइसकेको डा सिंहको तर्क छ।  

पर्साको सुगौलीबाट ल्याइएका ४७ वर्षीय पुरुषको अवस्था बिग्रेपछि अस्पताल ल्याई पुर्‍याइएकोले चिकित्सकको कुनै प्रयास सफल नभएको अस्पतालले जनाएको छ। योसहित पर्सामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.