|

नयाँ दिल्ली : यही मंगलबार रुसले विश्‍वकै पहिलो कोरोना भाइरसविरुद्धको भ्याक्सिन घोषणा गर्‍यो। कोरोनाविरुद्धको  भ्याक्सिन दर्ता गरेपछि अहिले रुस विश्‍वमा चर्चाको केन्द्र बनेको छ। 

यस भ्याक्सिनलाई रुसको माइक्रो बायोलोजी रिसर्च सेन्टर गमलेयामा बनाइएको हो। यो भ्याक्सिन बुधवार क्लिनिकल ट्रायलको तेस्रो चरणमा पुगिसकेको छ। रूसले बनाएको विश्‍वकै पहिलो कोरोना भ्याक्सिन उत्पादनका लागि भारतीय कम्पनीहरुले संवाद अघि बढाएका छन्। 

यस कम्पनीले कोरोना भ्याक्सिन स्पुतनिक-५ को रिसर्च र ट्रायलमा लगानी गरेको थियो। आरडीआईएफसँग नै  यस भ्याक्सिनको मार्केटिङ र निर्यातको अधिकार छ। 

यदि भारतीय कम्पनीको आरडीआईएफसँगको वार्ता अघि बढ्यो भने भारतमा नै यस भ्याक्सिनको उत्पादन हुन सक्नेछ। यस भ्याक्सिनको प्रयोग निर्यात र घरेलु उपयोगका लागि गर्न सकिनेछ। मस्कोमा भारतीय दूतावास स्रोतले यसबारेको जानकारी रूसी समाचार एजेन्सी स्पूतनिकलाई दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.