|

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष कमल थापाले १५ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। पार्टीको विधानअनुसार अध्यक्ष थापाले केन्द्रीय सदस्य मनोनित गरेका हुन्। यससँगै राप्रपाको केन्द्रीय समिति १ सय १४ सदस्यीय बनेको छ। निर्वाचनबाट अध्यक्ष कमल तथा तथा ९८ जना केन्द्रीय सदस्यहरु यसअघि नै चुनिइसकेका छन्।

मनोनित हुनेको नामावली यस्तो छ :

१ दीपक बोहरा

२ नवराज सुवेदी

३ हरिबहादुर बस्नेत

४ टंकप्रसाद ढकाल

५ रामकुमार सुब्बा

६ दिलनाथ गिरी

७ नरेन्द्र चौधरी

८ रामचन्द्र राय

९ भिमप्रसाद गौचन

१० रामकृष्ण भट्टराई

११ उद्धव पौडेल

१२ चन्द्रबहादुर गुरुङ

१३ राम थापा

१४ नरेन्द्रबहादुर चन्द

१५ गीता बस्नेत

राप्रपाको  विधानअनुसार १ सय ६१ सदस्यीय केन्द्रीय कार्यसमिति रहनेछ। अझै, केन्द्रीय समितिमा ४७ जना मनोनित हुन बाँकी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.