|

विराटनगर : उद्योग संगठन मोरङको आयोजनामा बुधबारबाट  'विराट एक्सपो २०७३' सुरु भएको छ। एक सातासम्म चल्ने यस कृषि तथा औद्योगिक प्रदर्शनीमा स्वदेशी र विदेशी गरि २ सय ५४ वटा स्टल रहेको आयोजकले जानकारी दियो।

उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्ययले एक्स्पोमा ४० देखि ५० करोडको कारोबार हुने अनुमान गरिएको बताए। मेला सम्पन्न गर्न १ करोड २५ खर्च लाग्ने र ३ लाख मानिसले मेलाको प्रत्यक्ष अवलोकन गर्ने अनुमान गरिएको उनले बताए।

प्रदर्शनीको आकर्षणका रुपमा माउन्टेन फ्लाइट, हेलिसिटी टुर, अन्तर्राष्ट्रिय उत्पादन, बाल उद्यान, खानपानका विभिन्न परिकार लगायत छन्। प्रदर्शनीमा औद्योगिक उत्पादन, कृषि, जडिबुटी उत्पादन र कृषि औजार, सूचना प्रविधि, वैकल्पिक उर्जा, अटोमोवाइल्स तथा पार्ट्स, हस्तकलाका सामाग्री, विद्युतीय सामाग्री, घरायसी सामग्री, खाद्य पदार्थ लगायतका स्टल छन्। यस प्रदर्शनीमा बंगलादेशका १६ वटा स्टल समेत समावेश छन्। एक्स्पोमा रोजगारी मेलासमेत  छ। कुनै उद्योगमा कर्मचारी आवश्यक परे एक्स्पोमा सम्पर्क गरि कर्मचारीसँग आवश्यक सम्झौता गरि लान पाइने उपाध्ययले बताउनुभयो।

एक घन्टाको माउन्टेन फ्लाइटबाट पूर्वका हिमालहरू कंचनजंघा, मकालु तथा सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको अवलोकन गर्न सकिनेछ। पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सञ्चालन गरिएको आयोजकले जानकारी दियो। एक्स्पोको बुधबार उर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.