|

  • विकास डाँगी 

दाङ : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनयुद्ध जारी रहेको बताएका छन्। दाङको प्रस्तावित घोराही उपमहानगरपालिका सौडियार गाविसमा शहिदहरुको स्मरणमा स्थापना भएको प्रतिक्षालय उद्घाटन गर्दै अर्थमन्त्री महराले लक्ष्य प्राप्तीको लडाँई जारी रहेको बताए।

'जनयुद्धमा गोलीको लडाँई लड्यौं। अहिलेको लडाँईमा टेबुल पारी दुश्मन र वारी हामीहरु छौं,' उनले भने। 

उनले लडाँईमा माओवादीको बाटो  सधै एउटै बाटो नभई जिकज्याकको भएको बताए। अहिले माओवादी दलदलमा फसेको भन्दै त्यसबाट उन्मुक्ती पाउन सविधान कार्यन्वय हुनुपर्ने उनले बताए। उनले संविधान कार्यान्वयनका लागि स्थानीय चुनाव हुन लागेकाले चुनावमा लाग्न कार्यकर्तालाई निर्देशन दिए।

उनले आफु अझै जनयुद्धकै मानसिकतामा रहेको बताए। आवश्यक परेमा भूमिगत हुन र भिषण लडाँई लड्न अझै तयार रहेको उनले बताए। सशस्‍त्र युद्धको समयमा मारिएका ९ सहिदहरुको संझनामा प्रेक्षालय उद्घाटन गरिएको हो।

पर्यटकीय हिसाबले दाङ संभावनायुक्त

बुधवार दाङको धार्मिक पर्यटकीय क्षेत्र धारापानीमा भूपेन्द्रश्वर श्रेष्ठ र विष्णसकुमारी श्रेष्ठको स्मृतिमा १ करोडको लागतमा निर्मित धर्मशाला उद्घाटन गर्दै महराले पर्यटकीय हिसाबले दाङ त्यन्त सम्भावनायुक्त क्षेत्र रहेको बताए। उनले यस क्षेत्रको विकासका लागि गुरुयोजना बनाउन मन्दिर व्यवस्थापन समितिलाई आग्रह गरे।

अर्थमन्त्री महराले त्यो गुरुयोजनाको एउटा काम आफ्नै कार्यकालमा सुरु गरिदिने आश्वासन दिए। ‘यहाँको विकासका लागि मास्टर प्लान बनाउनुहोस्। सरकार सहयोग गर्न तयार छ। मेरै कार्यकालमा एउटा योजना सुरु हुन्छ,' उनले भने। 

कार्यक्रममा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशप्रसाद अधिकारीले धारापानी मन्दिर क्षेत्रको विकासका लागि राज्यको लगानी अत्यन्त न्यून भएको बताए। उनले ज्यको लगानी बढाउन आग्रह गरे। उनले कुहिरेपानीदेखि धारापानीसम्मको सडक निर्माण, धारापानी, बाह्रकुने दह हुँदै स्वर्गद्धारीसम्म जोड्ने सडक निर्माणमा पहल गरिदिन अनुरोध गर्दै ज्ञापनपत्र समेत बुझाए।

करीब एक करोड लगानीमा घोराहीका ध्रुवकुमार श्रेष्ठ र उनका परिवारले आफ्ना स्वर्गीय बुवा\आमा भूपेन्द्रश्वर श्रेष्ठ र विष्णुकुमारी श्रेष्ठको सम्झनामा उक्त धर्मशाला निर्माण गरेका हुन्। धर्मशालामा आठ कोठा रहेको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.