सम्झाएर घर पठाए पनि मान्छे ल्याएर कुटपिट

|

कपिलवस्तु : कपिलवस्तुको लवनीमा मास्क लगाउन अनुरोध गर्दा ६ प्रहरी कुटिएका छन्। कुटिनेमा प्रहरी चौकी लवनीमा प्रहरी नायव निरीक्षकसहित ६ जना रहेका छन्।

तीमध्ये ३ जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा प्रहरी हवलदार विनोद कुमार वरुण, प्रहरी जवान जियावन कहार र महेन्द्र यादव छन्। घाइते प्रहरीलाई उपचारको लागि क्रिमसन अस्पताल लगिएको छ। 

मास्क नलगाई साइकलमा आएका २ जनालाई प्रहरीले मास्क लगाएर चलाउन अनुरोध गरेका थिए। प्रहरीले सम्झाई बुझाई घर पठाए पनि गाउँबाट ६ युवा बोलाई एक्कासि आक्रमण भएको सई सुनिल मल्लले बताए। ती युवाले लाठी र रडले प्रहरीमाथि प्रहार गरेको थिए ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.