|

रूपन्देही : १९ औं तिलोत्तमा गोल्डकप फुटबल बुटवलमा बिहीबार सुरु हुँदैछ। एन्फा टेक्निकल सेन्टर बुटवल–१३ देवीनगरको खेल मैदानमा दिउँसो साढे २ बजेपछि हुने प्रतियोगिताको उद्घाटन खेल शेरे एफसी कालिम्पोङ भारत र विभागीय टोली एपीएफबीच हुनेछ। 

प्रतियोगितामा २ भारतीयसहित १० टिम सहभागी हुने आयोजक रूपन्देही जिल्ला फुटबल संघले जनाएको छ। प्रतियोगिताको विजेताले ५ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै प्रतियोगितामा उत्कृष्ट ५ विधाबाट ५ जनालाई नगद १५\१५ हजार तथा उत्कृष्ट प्रशिक्षकलाई २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएकाे छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.