|

गुल्मी : बाग्लुङको ग्वालीचौर र गुल्मीको पौदी अमराई जोड्ने झोलुङ्गेपुलको निर्माण पूरा भएको छ। २०७२ पुसमा निर्माण थालिएको ७१ मिटर लामो पुलको नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नं ३ का सांसद गोकर्ण विष्टले उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा उनले खोलावारी र पारी रहेको गुल्मी र वाग्लुङको सम्बन्ध पुलले एकै ठाउँ बनाएकोमा खुशी प्रकट गरे। उनले तत्काल झोलुङे पुलबाट जनजीवन सहज बनाएको बताउँदै केही बर्षमा पक्की पुल पनि निर्माण गर्ने बताए।

नेता बिष्टले जिल्लाका विभिन्न स्थानमा जनताको भावना र इच्छा अनुसारकै विकासलाई अगाडि बढाएको बताउँदै आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने जानकारी दिए। उनले जिल्लाका धेरै योजनाहरु फोनकै भरमा पारेको बताउँदै तत्काल आउने समस्यालाई अलि छिटो आफुलाई जानकारी गराउन आग्रह गरे।

गत असार महिनामा सम्पन्न भएको पुल करिव ३३ लाखको लागतमा सम्पन्न भएको हो। पुल जिल्ला विकास समितिको आर्थिक सहयोगमा सिर्जनशील सामुदायिक विकास केन्द्रको समाजिक तथा प्राविधिक सहयोग रहेको छ। कार्यक्रममा पुल निर्माण गर्न जग्गा सहयोग गर्ने दुई जनालाई सम्मान गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.