|

काठमाडौं : सरकारले देशभर कोरोना संक्रमित बिरामीहरुलाई उपचारको ब्यवस्था मिलाइरहेको स्पष्ट पारेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लक्षण भएका बिरामीलाई अस्पतालमा, लक्षण नभएका बिरामीलाई घरमै र कतिपयलाई नयाँ छुट्टै नयाँ भवनको ब्यवस्था गरी उपचारको प्रवन्ध मिलाइएको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिरामी संक्रमणको तुलनामा सरकारसंग भएको मौजुदा श्याया संख्या कम रहेको भए पनि ब्यवस्थापनका लागि मन्त्रालय अहोरात्र खटिएको बताए।

‘आइसोलेसनमा रहँदा स्वास्थ्य समस्या भएका स्वास्थ्यकर्मीहरूबाट सेवा सल्लाह लिनु हुन र अनुशासित रुपमा जनस्वास्थ्यका मापदण्ड पालना गरी बस्न अनुरोध छ, प्रवक्ता गौतमले थपे, ‘आइसोलेसन सेन्टरमा आफुले खोजे रोजेजस्तो खान पिन नहुन सक्छ, भरसक सफा सुग्घर, पोसिलो खाना खुवाउने भनिएको छ, जे जस्तो उपलब्ध छ, सो लाई सकरात्मक रुपमा लिई उपभोग गरी जतिसक्दो छिटो स्वास्थ्य लाभ लिइ संक्रमणमुक्त हुनुहुनेछ भन्ने अपेक्षा गरिएको छ।’ 

गौतमले गाउँमा भन्दा शहरमा कोरोना संक्रमितहरुलाई गारो रहेको बताए। 'कोरोना पोजेटिभलाई केही सम्भ्रान्त वर्गले समेत नराम्रो ब्यबहार गरिरहेको पाइएको छ', उनले भने, 'अहिलेको आधुनिक विश्वलाई त्यस्तो व्यवहार स्वीकार्य छैन।'

 ‘कोभिड–१९ पोजेटिभ बिरामीहरूप्रति कतिपय सम्भ्रान्त वर्ग भनिनेहरूको बसोबास रहेको शहरबजारमा समाजमा नकरात्मक ज्ञान, धारणा र ब्यबहार गर्ने गरेको सुन्नमा आएको छ, के यो आधुनिक विश्वलाई स्वीकार्य छ?', उनले भने, 'म भन्छु छैन।’

बरु अहिले देशलाई परिरहेको महामारीको अवस्थामा एकअर्काबीच आफु सक्दो सहयोग गर्ने बेला रहेको उनले बताए। 'देशलाई परेको यस्तो संकटको अवस्थामा सहयोग नगरे कसले गर्ने? हुने खानेले नगरे कसले गर्ने? उनको प्रश्न छ, 'संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका तर्फबाट यस रोगको रोकथाम र नियन्त्रणका लागि हरसम्भव प्रयत्न हरू भइरहेको छ। तर ‘तपाईहरु सबैले सहयोग र साथ दिनुभयो भने हामी छिट्टै गन्तव्यमा पुग्नेछौ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.