|

काठमाडौं : शिल्पा पोखरेल चर्चित हिरोइन हुन्। ३ वर्षअघि उनले छविराज प्रडक्सनको 'लज्जा' फिल्ममार्फत सिने क्षेत्रमा धमाकेदार इन्ट्री मारेकी थिइन्।

थुप्रै म्यूजिक भिडियोमा अभिनय गरेपछि 'लज्जा' मार्फत सिने क्षेत्रमा पाइला चलेकी शिल्पा फिल्म रिलिज हुन अगावै चर्चामा आइन्। यसका पछाडि २ कारण थिए।

१. छविराज प्रडक्सनको ब्यानरमा काम गर्ने अवसर

२. छविराज ओझासँगको उनको बिहे चर्चा

फिल्म रिलिज भएपछि असफल भयो भने करियर धरापमा पर्ने चिन्ता शिल्पालाई थियो। तर उनको अभिनय र यस फिल्मलाई धेरैले रुचाए। सुरुवाती फिल्मै चर्चित नायक आर्यन सिग्देलसँग स्क्रिन शेयर गरेकी शिल्पाले यस चलचित्रको सफलतापछि पछाडि फर्केर हेर्नुपरेको छैन्।

उनले यस फिल्मको सफलतापछि हवलदार सुन्तली, फागु, वृन्दाबन,किस्मत-२ लगायत फिल्ममा अभिनय गरिन्। छोटो समयमै सफल अभिनेत्रीको पहिचान बनाएपछि शिल्पाले फिल्म निर्माणमा हात हालेकी छिन्। आफैं लिड रोलमा रहेको फिल्म 'मंगलम' मा छविराज ओझासँगै उनको पनि लगानी छ। यस फिल्मको छायाँकन भर्खरै सकिएको शिल्पाले बताइन्।  

 

अभिनेत्री बन्‍ने रहर थिएन

फिल्म क्षेत्रमा स्थापित हुनअघि शिल्पाको जीवनको लक्ष्य के थियो? हाम्रो प्रश्‍नपछि उनले कहिल्यै अभिनेत्री बन्छु भनेर नसोचेको प्रतिक्रिया दिइन्। तर फिल्म क्षेत्रमा काम गर्ने रहर भने थियो, नृत्य निर्देशकका रुपमा।

'मलाई डान्स एकदमै मन पर्थ्यो। त्यसैले कुनै डान्स क्लास जोइन गरेर डान्स सिक्थें र राम्रो नृत्य निर्देशक बन्थे,' उनले भनिन्।

नृत्य निर्देशनसँगै उनको ध्यान मेकअपमा थियो। त्यसैले उनले  'हेयर एन्ड मेकअप' डिप्लोमा कोर्स गरेकी थिइन्। 'यदि फिल्म क्षेत्रमा आएर अभिनेत्री वा नृत्य निर्देशक केही नबनेको भए अहिले त म ब्युटी पार्लर खोलेर ब्युटिसियन भइसक्थे', शिल्पाले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.