|

  • मनोज भट्टराई-

ओखलढुंगा : ८ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको चहलपहल बढेको छ। जिल्लाका सातमध्ये ओखलढुंगा क्याम्पस र वरुणेश्वर रामपुरको शहिद आदर्श क्यम्पसमा स्ववियु निर्वाचन हुँदैछ।

त्रिभुवन विश्वविद्यालयले निर्वाचन घोषणा गरेपछि क्याम्पसमा विद्यार्थी नेताहरुको उपस्थिति बाक्लिएको छ। निर्वाचन नजिकिएपछि विद्यार्थी बनेर नेताहरु आउने र राजनैतिक प्रशिक्षण दिने गरेको शहिद आदर्श क्याम्पस रामपुरकी नियमित छात्रा मुना खतिवडाले बताइन्।

निर्वाचनमा भाग लिन त्रिविले उमेर हद तोकेपछि ओखलढुंगाका क्याम्पसमा पनि स्ववियु उम्मेदवारका लागि राजनैतिक रुपमा परिपक्क भएका विद्यार्थी नेताहरु पाउन विद्यार्थी संगठनलाई धौ धौ परेको छ। चुनाव आएपछि क्याम्पसमा विद्यार्थी नेताहरु देखिने र नमस्कार गर्दै भोट माग्ने क्रम बढेको ओखलढुंगा क्याम्पसमा बीएड दोश्रो वर्षमा अध्ययनरत अस्मिता कार्कीले बताए।

'अघिपछि नचिन्ने दाइहरु आजभोलि नमस्कार गर्दै भोट मलाई दिनु है बैनी भन्दा हाँस उठ्छ' उनले भनिन् 'फेरि उहाँहरु हामीलाई अघिपछि चिन्नु पनि हुन्न अहिले त को कहाँ बस्छ भनेर कोठा कोठा धाउने अनि भोट मलाई भन्दै फोन समेत गर्दा नेपाली राजनीतिक दलको रोग विद्यार्थी संगठनमा पनि सरेको जस्तो लाग्छ।'  

विभिन्न विद्यालयका शिक्षक, सरकारी, गैरसरकारी संस्थाका कर्मचारीहरु पनि स्ववियु चुनावको प्रचार प्रसारमा लागेका छन्।

चुनावमा भोट हाले गैससमा जागिर पक्का

जिल्लाका क्याम्पसमा कतिपय संगठनले स्ववियु निर्वाचनमा आफ्नो संगठनलाई जिताएमा गैरसरकारी संस्थामा जागिर लगाइदिने सम्मको आश्वासन दिएका छन्। केही संगठनका नेताहरुले क्याम्पसमा आफ्नो पहुँच देखाउने, उम्मेदवारी फिर्ता लिन लगाउने र बिभिन्न किसिमका धम्की देखाउने गरेको आरोप अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तथा ओखलढुंगा क्याम्पसका स्ववियू सभापतिका उम्मेदवार वसन्त कटुवालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.