|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिए उनीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव लैजाने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ। संसदीय दलको बैठकअघि बुधबार बिहान बसेको माओवादीका शीर्ष नेताको बैठकले राजीनामा नदिएमा अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको माओवादी प्रवक्ता पम्फा भुषालले जानकारी दिएन्।

'संसद् बैठक बस्नुपूर्व नै राजीनामा नदिए हामी अविश्वासको प्रस्ताव पनि लैजान्छौँ, बजेट पास हुन पनि दिन्नौँ', प्रवक्ता भुसालले भनिन्। अहिले माओवदी संसदीय दलको बैठक संसद भवन नयाँ बानेश्वरमा बसिरहेको छ।

मंगलबार बेलुका बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरिसकेको छ। सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेपछि अल्पमतमा परेका ओलीले संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तर राजीनामा नदिने अडान लिएका छन्। 

नेपालको संविधानको धारा २९८ उपधारा १३ मा ‘व्यवस्थापिका–संसदका सम्पूर्ण सदस्य संख्याको कम्तीमा एक चौथाइ सदस्यले प्रधानमन्त्री उपर व्यवस्थापिका–संसदको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेश गर्न सक्ने’ उल्लेख छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.