ओलीले गरेका राजनीतिक नियुक्तिमा दाहालको असन्तुष्टि

|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा देखिएको विवाद समाधान गर्न गठन कार्यदलले शनिबार साँझसम्मका प्रतिवेदन बुझाउन तयारी गरेको छ। पार्टीभित्रको विवाद समाधानको सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहाललाई बुझाउने तयारी भएको हो। 

प्रधानमन्त्री ओली, अध्यक्ष दाहाल र वरिष्ठ नेताबीचको शक्ति संर्घषले पार्टी फुटको संघारमा पुगेपछि सहमति खोज्‍न ओली-दाहालले कार्यदल निर्माण गरेका थिए। गत शुक्रबार गठित कार्यदलले शनिबारबाटै काम थालेर एक सातामा प्रतिवेदन बुझाउन लागेको हो। 

महासचिव बिष्णु पौडेलको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरुका भीम रावल, जनार्दश शर्मा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र पम्फा भूसालको कार्यदल गठन गरेको थियो। 

‘हामीले प्रतिवेदन तयारी अवस्थामा पुर्‍याइसकेको छौँ। तर, अलिकति छलफलपछि यसले पूर्णता पाउँछ। कार्यदलको बैठक बस्‍न पनि सक्छ। नबस्‍न पनि सक्छ’ कार्यदलका एक सदस्यले भने, ‘भोलि एकपटक बैठक बसेर प्रतिवेदनलाई पूर्णता दिएर अध्यक्षद्वयलाई बुझाउँछौँ।’

अध्यक्षद्वयले कार्यदल निर्माण गरेदेखि सचिवालयले अनुमोदन गरेसम्म समयसीमा नतोकिएको भए पनि छिटोभन्दा छिटो काम सकेर बुझाउने तयारीमा लागेका कार्यदलका एक सदस्य सुरेन्द्र पाण्डे बताउँछन्। 

‘हामी छलफल र प्रतिवेदन तयारीको अन्तिम चरणमा पुगेका छौँ। छिटोभन्दा छिटो अध्यक्षद्वयलाई हस्तान्तरण गदैछौँ,’ उनले भने। 

कार्यदलले २०७६ मंसिर ४ मा भएको सहमतिअनुसार ओलीले पार्टीको काममा दाहाललाई हस्तक्षेप नगर्ने गरी सहमतिलाई अघि सारेको छ। पार्टीभित्रको विवाद समाधानका लागि महाधिवेशन नै उपयुक्त भएको निष्कर्ष समेत निकालेको छ।
 
मन्त्रिपरिषद् र मुख्यमन्त्री हेरफेर, ओलीको एकलौटी चल्न नपाउने, पार्टी एकताको काम टुंगोमा पुर्‍याएर महाधिवेशनको तयारीमा जाने, राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति हुनुपर्ने, असार १० गतेबाट जारी स्थायी कमिटीको बैठक राखेर सरकार र पार्टीको समीक्षा गर्नुपर्ने लगायत बिषयमा प्रतिवेदनमा समावेश भएको स्रोतको दाबी छ। 

त्यसो त प्रधानमन्त्री ओली एकलौटी चलेको भन्दै असतुष्ट भएर अध्यक्ष दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीको बहुमत सदस्यले प्रधानमन्त्री राजीनामा मागेका थिए। 

तर, प्रधानमन्त्री ओली दुवै पदबाट टसमस नहुने देखिएपछि दाहाल नेपाल समूहले पार्टीको नीति र सहमतीअनुसार अघि बढेमा तत्काल दुवै पदबाट राजीनामा दिनुनपर्ने पक्षमा पुगिसकेको छ। 

पार्टीभित्रको विवाद समाधान गर्नका लागि तत्काल ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन अध्यक्ष दाहालले बुधबार एक टेलिभिजनसँगको अन्तर्वाताको क्रममा बताइसकेका छन्।

दाहालको असन्तुष्टि 

प्रधानमन्त्री ओलीको कार्यशैलीबाटै पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेलामा एकलौटी रुपमा राजनीतिक नियुक्ति गरेपछि अध्यक्ष दाहालले असन्तुष्टि व्यक्ति गरेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर उनले असन्तुष्टि जनाएका हुन्। 

कार्यदलले काम गरिरहेको बेलामा एकलौटी गरिएकानियुक्तिको अर्थ नहुने भन्दै अध्यक्ष दाहालले फिर्ता लिन आग्रह गरेका थिए। सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी पौडेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका नियुक्त गरेको थियो। 

त्यो त ओलीले नियुक्ति गरेका भण्डारीलाई कार्यवाहक अध्यक्षका रूपमा काम नगर्न सर्वोच्च अदालतले समेत आदेश दिइसकेको छ। कार्यदलले काम गरिरहेको बेलामा ओलीले गरेको नियुक्तिप्रति बरिष्ठ नेताद्धय खनाल र नेपाल र प्रवक्ता श्रेष्ठले खुमलटार पुगेर मान्य नहुने जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.