|

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा नदिए प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अविश्वासको प्रस्ताव लैजाने निर्णय गरेको छ। 

सोमबार माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई गरेको समर्थन फिर्ता लिएसँगै ओली गठबन्धन अल्पमतमा परेको भन्दै कांग्रेसले राजीनामा मागेको हो। 

बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्रीलाई बजेट पास हुनुपूर्व नै राजीनामा दिन माग गरेको छ। ‘प्रधानमन्त्रीसँग बाँकी भएका राजीनामा दिने, विश्वासको मत लिने वा अविश्वासको मत लिने विकल्पमध्ये राजीनामा दिन हाम्रो पार्टी आग्रह गर्दछ, अन्यथा हामी माओवादीसँग मिलेर अविश्वासको प्रस्ताव लैजान्छौँ ।’ कांग्रेस प्रवक्ता दिलेन्दप्रसाद बडुले भने । 

बैठकले माओवादी केन्द्रसँग भएको सहमति कार्यान्वयन गरी अघि बढ्ने निर्णय गरेको छ। यसका साथै नयाँ समीकरण नयाँ ढंगबाट बन्ने र त्यसको गृहकार्य जारी रहेको बडुले बताए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.