|

काठमाडौं : अवैध रुपमा कोठा भाडामा लिइ जुवातास खेलिरहेका सात जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बानेश्वरको शान्तिचोकमा दोलखा लादुकका ४५ वर्षीय रुद्रबहादुर मल्लको कोठाबाट सात जनालाई एक लाख १० हजार पाँच सय ६० रुपैयाँसहित पक्राउ गरेको हो।

महानगरीय प्रहरी बृत्त, नयाँ बानेश्वरको प्रहरी टोलीले काभ्रे तिमालका ३३ वर्षीय सानु तामाङ, २५ वर्षीय नेत्र लामा, काभ्रे मेचेका २५ वर्षीय रुपक लामा, सिनामंगलका ३४ वर्षीय जीवन तामाङ, पेप्सिकोलाका ३९ वर्षीय पुण्यराज खतिवडा र ओमशान्ति चोकका ४५ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको प्रक्रिया शुरु गरिसकिएको प्रहरीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.