काब्या अस्प्तालका मात्रै १८ जनालाई कोरोना
काब्या अस्प्तालका मात्रै १८ जनालाई कोरोना
जनकपुरधाम : प्रदेश २ मा आइतवार ३१२ कोरोना संक्रमित थपिएका छन्। योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ८ हजार ८३२ पुगेको छ।
सामाजिक विकास मन्त्रालयका अनुसार पर्सामा सबभन्दा बढी १३८ जना कोरोना संक्रमित थपिएका हुन्। यस्तै धनुषामा ३७ जना, महोत्तरीमा ११ जना, सिरहामा ५ जना, बारामा १३ जना, सर्लाहीमा ७९ जना, रौतहटमा १७ जना र सप्तरीमा १२ जना संक्रमित थपिएका छन्।
धनुषाका संक्रमितमध्ये जनकपुरस्थित काव्या अस्पतालकै १८ जना छन्। अस्पतालमा उपचाररत १ वर्षका बच्चामा समेत कोरोना पुष्टि भएको छ। यस्तै अस्पतालका डाक्टर र नर्ससहित १४ जना कर्मचारी संक्रमित भएको स्रोतले जनाएको छ।
धनुषाकै स्वास्थ्य कार्यालयका ३ कर्मचारीमा समेत संक्रमण पुष्टि भएको छ। जनकपुरस्थित कानून मन्त्रालयका थप एक कर्मचारीमा पनि संक्रमित भएका छन्।
धनुषाको मिथिला विहारी नगरपालिकाका ३ जना, सबैला, क्षिरेश्वरनाथ र हंसपुर नपाका १÷१ जना, धनौजीका २ जना, खुट्टाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ।
महोत्तरीको रामगोपालपुरका १ जना, बर्दिबासका ७ जना, पिपराका १ जना, मनरा सिसवाका १ जना र गौशाला त्रिमाविका १ जनामा कोरोना पुष्टि भएको छ। यस्तै सिरहाको विष्णुर गापाका ४ जना र मिर्चैया नपाका १ जनामा कोरोना देखिएको छ।
बाराको जीतपुरस्थित आर्मी व्यारेकका २ जना र कलैया लङ्गडा मठका २ जनामा पनि कोरोना संक्रमण देखिएको छ। यस्तै पर्साका संक्रमित मध्ये बीरगन्जकै ५३ जना छन्। पर्साका संक्रमित मध्ये ३१ जना महिला रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।