|
प्रहरीले बरामद गरेको नागरिकता र सेनाको युनिफर्म लगाएको फोटो

काठमाडौं : सेनाको क्याप्टेन हुँ भन्दै ठगी गर्ने एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ओखलढुंगा मानेभन्ज्याङ घर भई ललितपुरको ग्वार्को बस्दै आएका ३३ वर्षीय धनबहादुर परियारलाई पक्राउ गरेको हो। महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले उनलाई ओखलढुंगाबाट पक्राउ गरेको जनाएको छ।

परियारले आफुलाई सेनाको मुख्यालयमा कार्यरत क्याप्टेन अर्जुन कटुवाल हुँ भन्दै सेनाको सिपाही पदमा जागिर लगाइदिन्छु भनी प्रलोभनमा पारेर ठगी गर्दै आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश अमात्यले जानकारी दिए। 

‘प्रति व्यक्ति दुईदेखि तीन लाखसम्म लिएर सिपाहीमा जागिर लगाइदिन्छु भनी ठगी गर्दै आएका थिए’, उनले भने ‘चार जना पीडितले निवेदन दिएपछि हामीले उनलाई पक्राउ गरेका हौं। परियारले सिन्धुली सोल्पाठानाका भवानी खड्कासमेतका व्यक्तिलाई ठगी गरेका रहेछन्।’

परियारले सेनाको क्याप्टेन दर्जाको युनिफर्म लगाएर फोटो खिचेर अरुलाई देखाएर ठगी गर्ने गरेको पनि उनले जानकारी दिए। प्रहरीले उनको नागरिकता र सेनाको युनिफर्म लगाएको फोटो समेत बरामद गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.