|

काठमाडौं : अमेरिकाले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न अनुमति दिएको छ। 

राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरी अमेरिकी फुड एन्ड ड्रग एडमिनिस्ट्रेशनले प्लाज्मा थेरापीको अनुमति दिएको बताए। उनले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञा दिँदै यो विधिबाट उपचार गरी धेरै मानिसको ज्यान जोगाउन सकिने विश्वास व्यक्त गरे। उनले प्लाज्मा थेरापी बिधिबाट उपचार गर्दा मृत्युदर ३५ प्रतिशतसम्म घटाउन सकिने अध्ययनले देखाएको बताए।

यसैबीच भारतमा पछिल्लो २४ घण्टामा ६१ हजार बढी कोरोना संक्रमित थपिएका छन्। भारतमा हिजो मात्रै ६१ हजार ७ सय ४९ जना संक्रमित थपिँदा ८ सय ४६ जनाको मृत्यु भएको छ । यससँगै त्यहाँ हालसम्म ३१ लाख ५ हजार १ सय ८५ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ५७ हजार ६ सय ९२ पुगेको छ। पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भने संक्रमित र मृत्यु हुनेको संख्या घटेको छ।

अमेरिकामा ३२ हजार संक्रमित हुँदा ४०९ जनाको मृत्यु भएको छ । यस्तै ब्राजिलमा २३ हजार संक्रमित थपिएका छन् भने ४९५ जनाको मृत्यु भएको छ । यस्तै रसियामा ४ हजार ८५२ जनामा संक्रमण पुष्टि भएको छ भने ७३ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ५ हजार संक्रमित थपिँदा ४ हजार २१४ जनाको मृत्यु भएको छ। विश्वभर २ करोड ३५ लाख ७६ हजार संक्रमित हुँदा मृत्यु हुनेको संख्या ८ लाख १२ हजार पुगेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.