|

रुकुम :प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति र संबिधान कार्यान्वयनको लडाँई जित्न सबै शक्तिबीच एकता आवश्यक रहेको बताएका छन्। 

'राष्ट्रियता र शान्तिको यात्रा जित्‍न सबै शक्ति एकिकृत भएर अघि बढ्नुपर्छ, सदरमुकाम खलंगामा आजदेखि सुरु भएको मध्यपश्चिम रुकुम व्यापारिक महोत्सवको उद्‍घाटनमा प्रधानमन्त्रीले भने। उनले अहिले सरकारले शान्ति र स्थानीय निर्वाचनको मोर्चाबाट लडाँई लडिरहेको बताए। प्रधानमन्त्रीले त्यसका लागि सबै नेपाली जनताले सरकारलाई साथ दिनुपर्ने बताए।

रुकुम उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भएको महोत्सव १० दिनसम्म चल्नेछ। रुकुमको पर्यटन, उर्जा, व्यापारसँगै समग्र जिल्लाको समृद्धिको लक्ष्यसहित महोत्सव आयोजना गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.