|

काठमाडौं : मोवाइल एप्लिकेसन हाम्रो पात्रोले आईओएस भर्सनलाई झन् सरल र आकर्षक बनाएको छ। यस पटकको अपडेटले आईफोनका 'हाम्रो पात्रो' प्रयोगकर्ताहरूले फरक अनुभव प्राप्त गर्ने निर्माता शंकर उप्रेतीले बताए।

'यो अपडेट मुख्यतः हाम्रा प्रयोगकर्ताहरूलार्इ एप्लिकेशन प्रयोगका क्रममा फरक अनुभूति दिन सकियोस् भन्ने कुरामा हामी केन्द्रित रह्यौं, जस अनुरूप यसलार्इ हामीले अझै फास्ट, फ्ल्युड र आकर्षक डिजाइन दिन सफल भएका छौं' उनले भने।

प्रयोगकर्ताहरूको सुझाव र प्रतिक्रियाहरूका आधारमा लामो अध्ययन र अनुसन्धानपछि यसपटकको अपडेट सम्भव भएको हाम्रो पात्रो निर्माताले बताएका छन्। 'यसलार्इ स्क्रोल गर्दा ६० फ्रेम प्रति सेकेन्डको गतिमा स्क्रिन तलमाथि सर्छ जसलार्इ प्रयोगकर्ताले स्तरीय अनुभव लिनसक्नुहुनेछ' निर्माता उप्रेतीले भने।

पछिल्लो अपडेटसंगै हाम्रो पात्रोले एप्पल वाचमा नेपालकै पहिलो एप्लिकेशनको रूपमा 'हाम्रो पात्रो' सार्वजनिक गरेको छ। एप्पल वाचका प्रयोगकर्ताले यससलार्इ आफ्नो आइफोनमा सिंक्रोनाइज गरेर ताजा समाचारका हेडलाइन, रेडियो र  तिथि-मितिहरू हेर्न सक्नेछन्।

यस पटकको अपडेटमा हाम्रो पात्रोले आईप्याडलाई प्राथमिकतामा राखेको छ। एप्लिकेशनको मूल विशेषता सहित ताजा समाचारलार्इ एउटै स्क्रिनमा व्यवस्थापन गरेको छ। ताजा समाचार झन आकर्षक तथा व्यवस्थित पारिएको र  ठूला अक्षरमा समाचार पढ्न सकिने बनाइएको निर्माताले बताएका छन्।  त्यस्तै राम्रो अडियो क्वालिटी सहितका अनलार्इन रेडियो पनि यसमा उपलब्ध छ।

आईफोनमा विभिन्न शीर्षकको समाचार क्रमहरू ठूलो-सानो तस्बिर सहित बेग्ला बेग्लै तरिकाले राखिएको छ। सिमिलर न्युजलाई दायाँ बायाँ सारेर हेर्न मिल्ने व्यवस्था गरिएको छ।

अब भाइबर च्याटबुट क्षणभरमै

सन् २०१६ को अन्त्यदेखि भाइबरसँग सहयात्रा थालेको हाम्रो पात्रोले भाइबरको पब्लिक अकाउण्टको प्रयोग गरी केवल १५-२० मिनेटमा च्याटबुट बनाउन सकिने सीएमएस सार्वजनिक गरेको छ।

भाइबरमा जो कोहीले पब्लिक अकाउण्ट बनाएर त्यसको एकोहोरो कुराकानीको सुविधालार्इ अन्तर्क्रियात्मक बनाउन र कुनै ब्राण्ड अथवा उत्पादनका प्रयोगकर्ता, श्रोता, पाठक, दर्शकसम्म मानवरहित स्वचालित प्रविधिको प्रयोग गर्न सक्ने उप्रेतीले बताए।

भाइबरमा भएको पब्लिक अकाउण्टको Edit Info मा गएर त्यहाँ दिइएको Your App Key लार्इ हाम्रो पात्रो च्याट बुटको लिंकमा पेस्ट गरी आफ्नो आवश्यकता अनुसारको च्याटबुट तयार गर्न सक्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.