|

बझाङ : नेपाल कानुन समाज बबरमहल काठमाडौं र नागरिक संवाद केन्द्र धनगढीले सुदुरपश्चिमको पहाडी जिल्ला बझाङमा 'राजनितिक दल तथा निर्वाचन सम्बन्धी कानुन' विषयक नागरिक संवाद गरेका छन्।

सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि बझाङका नागरिकलाई निर्वाचन सम्बन्धी जानकारी दिन संवाद कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा नेपाल कानुन समाज सदस्य एवंम् पुर्व परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले संविधानको विशेषताबारे बोलेका थिए। उनले निर्वाचन सम्बन्धी कानुन आचारसंहिता र राजनितिक दलबारे स्थानीयलाई जानकारी दिए।

उनले निर्वाचन आयोग ऐन २०७३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३,मतदाता नामावली ऐन २०७३ , राजनितक दल सम्बन्धि विधेयक २०७३ र स्थानीय तह निर्वाचन ऐन २०७३ का बारे बझाङका नागरिकलाई जानकारी गराए।

कार्यक्रममा नेपाल कानुन समाजका अधिवक्ता उषा मल्ल पाठकले निर्वाचन आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन २०७३ का बारेमा बझाङका नागरिकलाई जानकारी गराइन्।

कार्यक्रममा नागरिक संवाद केन्द्र,धनगढीका प्रमुख नरेन्द्रबहादुर शाह तथा बझाङस्थित नेपाल बार एसोसियसनका पदाधिकारी,नेपाल लेखापढी कानुन व्यवसायी र सरोकारवाला निकायहरुको सहभागिता  थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.