|

दाङ :  नेपाल पत्रकार महासंघ दाङ शाखाको २४ औं साधारण सभा तथा १० औं अधिवेशन बिहीबार सुरु भएको छ। अधिवेशनको उपप्रधानमन्त्री तथा अर्थ मन्त्री कृष्णबहादुर महराले उद्घाटन गरेका हुन्।

उद्घाटनमा उपप्रधानमन्त्री महराले सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरिसकेकाले यसका लागि अनुकुल वातावरण बनाउन पत्रकारलाई आग्रह गरे। नेपाल अब संक्रमणकालको अन्त्यतिर रहेको बताउँदै उनले पत्रकारिता क्षेत्रले राज्यलाई सधै खबरदारी गर्ने र सही बाटोमा हिँडाउने काम गरेको बताए।

दशौं अधिवेशनमा दाङलाई प्रदेशको राजधानी बनाउनपर्ने र श्रमजिवी पत्रकार ऐन कार्यान्वयन र स्थानीय सञ्चार माध्यमलाई राज्यले विशेष ध्यान दिनुपर्ने लगायतका १० बुँदे घोषणा पत्र जारी गरिएको छ। पत्रकार महासंघ दाङ शाखाको नयाँ नेतृत्वको लागि शुक्रबार बिहान मतदान हुने निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदका लागि नेकपा एमाले निकटको पत्रकार संगठन प्रेस चौतारीबाट दुई जनाले प्रतिस्पर्धा गर्दैछन्। प्रेस चौतारीको आधा टिमले दुर्गालाल केसीलाई अगाडि सारको छ भने प्रेस चौतारीको आधा टिम, नेपाल प्रेस युनियन,प्रेस सेन्टरको संयुक्त प्यानलबाट प्रेस चौतारीका केन्द्रीय उपाध्यक्ष सविन प्रियासन अध्यक्षको उम्मेदवार बनेका छन्। दाङ शाखामा २५९ जना सदस्य रहेका छन्।

प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा नेपाल पत्रकार महासंघ दाङका सस्थापक अध्यक्ष नारायणपसाद शर्माले पत्रकारहरु पदको लागि लडेको प्रति दुख ब्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.