२ सय रुट घटाएर ६६ वटामा सीमित गरिने
२ सय रुट घटाएर ६६ वटामा सीमित गरिने
काठमाडौं: यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधनको रुट घटाउने तयारी गरेको छ। धेरै रुटको कारण पनि ट्राफिक जाम बढेको र सर्वसाधरणले सहज यात्रा गर्न नपाएको निष्कर्ष निकाल्दै विभाग रुट व्यवस्थापन गर्न लागेको हो।
विभागको तथ्यांकअनुसार अहिले काठमाडौं उपत्यकामा झण्डै २ सय वटा रुट निर्धारण गरिएको छ। यी रुटमा झण्डै ११ हजार गाडी गुड्छन्। ११ लाख सर्वसाधारणको ओहोरदोहोरको लागि तुलनात्मक रूपमा ११ हजार गाडी पर्याप्त भए पनि धेरै रुट र साना गाडीका भएका कारण असुविधा देखिएको विभागको बुझाइ छ।
काठमाडौं उपत्याकामा झण्डै ४० लाख जनसंख्या रहेको अनुमान छ। यीमध्ये ११ लाख सर्वसाधरण सार्वजनिक सवारी साधनमा यात्रा गर्छन्। यी ११ लाखलाई ओहोरदोहोर गराउन झण्डै ११ हजार गाडी रहे पनि सहज देखिएको छैन',यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डेले थाहा खबरसँग भने। पाण्डे भन्छन् 'सहज यात्राको लागि रुट व्यवस्थापन पनि प्रमुख कुरा हो, अहिले भएका रुटलाई घटाएर वैज्ञानिक तवरले रुट कायम गर्न विभागको ध्यान गएको छ'। उनका अनुसार अहिले उपत्यकामा रहेका दुई सय रुट घटाएर ६६ वटामा सीमित गरिँदैछ।
विभागको योजनाअनुसार रुट व्यवस्थापन योजना बनाई दीर्घकालीन शहरी यातायात आयोजना (केएसयुटपी)ले यातायात विभागमा पठाएको छ। एसियाली विकास बैंकको सहयोगमा सञ्चालन गरिएको केएसयुटपीले तीन तहका ६६ वटा रुट बनाएर विभागमा एक महिना अगावै पठाएको हो। त्यही केएसयुटपीले पठाएको रुटको आधारमा रुट व्यवस्थापन गर्ने तयारीमा विभाग छ। नयाँ गाडीहरूलाई केएसयुटपीले निर्धारण गरेको रुटको आधारमा अनुमति दिएको विभागले अझै सबै यिनै रुट कायम गर्ने विषयलाई अन्तिम रूप दिन सकेको छैन। तथापि यी तीन प्राथमिकता दिएर बनाइएका रुट दिर्घकालीन हुनसक्ने यातायात व्यवस्था विभागका अधिकारीहरुले बताएका छन्।
पहिलो प्राथमिकताका रुट
पहिलो प्राथमिकताका रुटमा विशेषगरी चक्रपथ, भक्तपुर र ललितपुरका नजिकका स्थानहरूलाई जोडिएको छ। जसअनुसार पहिलो प्राथमिकतामा ८ वटा रुट निर्धारण गरिएको छ। नयाँ बसपार्क, कोटेश्वर, जोरपाटी र नारायाणगोपाल चोकलाई प्राथमिकता दिएर निर्धारण गरिएका रुट यस्ता छन्:-
नयाँ बसपार्क, सामाखुशी, बसुन्धारा, नारायणगोपाल चोक, धुम्वाराही, चप्पल कारखाना, सुकेधारा, गोपीकृष्ण हल, चाबहिल, गौशाला, एयरपोर्ट, सिनामंगल, कोटेश्वर, सातदोबाटो,एकान्तकुना, बल्खु, स्वयम्भू, बालाजु, नयाँ बसपार्क । |
नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, एकान्तकुना, सातदोबाटो, कोटेश्वर, सिनामंगल, एयरपोर्ट, गौशाला, चावहिल, गोपीकृष्ण हल, सुकेधारा, चप्पल कारखाना, धुम्वाराही, नारायणगोपाल चोक, बसुन्धारा, सामाखुशी, नयाँ बसपार्क। |
नारायणगोपाल चोक, महाराजञ्ज, लाजिम्पाट, केशरमहल, तीनधारा पाठशाला, भद्रकाली, सहिद गेट, त्रिपुरेश्वर, थापाथली, कुपण्डोल,पुलचोक, जावलाखेल, लगनखेल,सातदोबाटो। |
नारायणगोपाल चोक, महाराजञ्ज, लाजिम्पाट, तीनधारा पाठशाला, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, नयाँठिमी, सल्लाघारी, सूर्यविनायक। |
जोरपाटी,बौद्ध, चाबहिल, गौशाला,कमलपोखरी, हात्तीसार तीनधारा पाठशाला, रत्नपार्क, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर,कालीमाटी, कलंकी, नैकाप। |
जोरपाटी,बौद्ध, चावहिल, गौशाला,कमलपोखरी, हात्तीसार, तीनधारा पाठशाला, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुलचोक, जावलाखेल, एकान्तकुना। |
कोटेश्वर, सिनामंगल, एयरपोर्ट, गौशाला, कमलपोखरी, तीनधारा पाठशाला, रत्नपार्क, भद्रकाली, शहीदगेट, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क। |
कोटेश्वर, तीनकुने,नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर,कालीमाटी, कलंकी। |
दोस्रो प्राथमिकताका रुट
दोस्रो प्राथिमकतामा १६ वटा रुट निर्धारण गरिएको छ। बीचको बाटोलाई प्राथमकिता दिइएको यो रुटमा काठमाडौंभित्रका दुर्गम क्षेत्रबाट र भक्तपुर ललितपुरका पनि नजिकका स्थानलाई समेट्ने प्रयास गरिएको छ। यस्ता रहेका छन् दोस्रो प्राथमकिताका रुटहरू।
बुढानीलकण्ठ,पार्क भिलेज, हात्तीगौंडा, बाँसबारी, सल्लाघारी, नारायणगोपाल चोक। |
नारायणगोपाल चोक, महाराजञ्ज, बालुवाटार, भाटभटेनी, प्रहरी प्रधान केन्द्रीय कार्यालय, जयनेपाल हल, पुतलीसडक, घट्टेकुलो, अनामनगर, नयाँ बानेश्वार, तीनकुने, कोटेश्व्रर। |
नयाँबजार कीर्तिपुर, बल्खु, कालीमाटी, परोपकार, डल्लु, ढल्को, खुसिबु, सोह्रखुट्टे, नक्साल, चाबहिल, जोरपाटी। |
नयाँबजार कीर्तिपुर, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, तीनधारा, जयनेपाल हल, प्रहरी प्रधान कार्यालय, भाटभटेनी, विशालनगर, चप्पल कारखाना। |
जाँदा: नयाँ बसपार्क, गोंगबु चोक, लैनचौर, केशरमहल, जमल, तीनधारा पाठशाला, कमलपोखरी, ज्ञानेश्वर, मैतेदेवी, पुरानो बानेश्वर, सिनामंगल। फर्किँदा: सिनामंगल, पुरानो बानेश्वर, डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, शहीद गेट, जमल, लैनचौर, गोंगबु चोक, नयाँ बसपार्क। |
गोकर्ण, चुच्चेपाटी, चाबहिल, गौशाला, पुरानो बानेश्वर, नयाँ बानेश्वर, तीनकुने । |
कोटेश्वर, जडिबुटी, पेप्सीकोला, मूलपानी, जोरपाटी। |
नगरकोट, सैनिक तालिम केन्द्र, सल्लाघारी, नयाँठिमी, जडिबुटी, कोटेश्वर। |
साँगा, जगाती, सूर्यविनायक, सल्लाघारी, नयाँठिमी, जडिबुटी, कोटेश्वर। |
सिस्नेरी, लामाटार, लुभु, इमाडोल, ग्वार्को, सातदोबाटो। |
गोदावारी, हरिसिद्धि, हात्तीवन, सातदोबाटो। |
चापागाउँ, सुनाकोठी, सातदोबाटो। |
बुङमती, भैंसेपाटी, एकान्तकुना। |
फर्पिङ, नागदह, चोभार, त्रिवि गेट, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क, पुरानो बसपार्क। |
थानकोट, नैकाप, कलंकी। |
नैकाप, छाउनी, ताहाचल,कालीमाटी। |
तेस्रो प्राथमकिताका रुट
तेस्रो प्राथमिकताका रुटभित्र ४२ वटा रुट समेटिएक छन्। धेरै साना रुट देखि घण्टौ लामो यात्रा गर्ने रुटसमेत तेस्रो प्राथमकिताका रुटमा समावेश गरिएको छ। तेस्रो प्राथमिकता रुटमा सटकट र बन्न थालेका बाटोहरुको रुट पनि हालिएको छ। खोला किनाराका चार रुट पनि तेस्रो प्राथमिकतामा परेका छन्। जस अनुसार यस्ता छन् तेस्रो प्राथमिकताका रुट।
रानीपौवा, तीनपिप्ले, बालाजु, बाइपास, नयाँ बसपार्क। |
धर्मस्थली, बालाजु बाइपास, नयाँ बसपार्क। |
चुनीगाउँ, फुटुङ, बालाजु, बाइपास। |
बालाजु, नयाँ बसपार्क, बालाजु औद्योगीक क्षेत्र, वनस्थली, स्वयम्भू, छाउनी, कालीमाटी, बल्खु। |
नयाँ बसपार्क, बालाजु, पुलचोक, विष्णु सहायक सडकनदी किनारबाट, शोभाभगवती, डल्लु, कालीमाटी। |
नयाँ बसपार्क, म्हेँपी, सोह्रखुट्टे, लैनचौर, केशरमहल, जमल, पुरानो बसपार्क। |
बानियाँटार, गोंगबु, नयाँ बसपार्क। |
टोखाझोर, टोखा, सामाखुशी चोक, नयाँ बसपार्क। |
धापासी, धापासी चोक, सामाखुसी, नयाँ बसपार्क। |
गल्फुटार,धुम्वाराही, चाबहिल। |
टुसाल गाँउ, कमलपोखरी, धौलागिरी चोक, धोबीखोलाको तीरैतीर, गोपीकृष्ण हल, चाबहिल। |
धौलागिरी चोक, धोबीखोला तिरैतिर, गोपीकृष्ण हल, चाबहिल। |
नयाँ बसपार्क, सामाखुसी चोक, रानीवन, लाजिम्पाट, बालुवाटार, विशालनगर चोक, गोपीकृष्ण हल, चावहिल। |
गोकर्ण, काठमाडौं मेडिकल कलेज, तीनचुले, चाबहिल। |
गागलफेदी, सुन्दरीजल, गोकर्ण, जोरपाटी। |
बौद्ध, बसुन्धारा, नयाँ बस्ती, आदर्शनगर, गौरीघाट, गौशाला। |
शंखमूल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, कमलपोखरी, हात्तीसार, तीनधारा पाठशाला, रत्नपार्क। |
तिलगङ्गाटार, भीमसेनगोला, शान्तिनगर, मीनभवन, नयाँ बानेश्वेर, माइतीघर, सहिदगेट, रत्नपार्क। |
जोरपाटी, तिवारी टोल, मिलन चोक, महाँकाल, बोडे, पुरानो ठिमी। |
जोरपाटी, मूलपानी, गाम्फेरी, दुवाकोट, सल्लाघारी। |
चाँगुनारायण, कमलविनायक, सल्लाघारी, नयाँठिमी, जडिबुटी, कोटेश्वर। |
कोटेश्वर, कौशलटार,सिरुटार, चारदोबाटो, लुभु। |
ठिमी, गाम्चा, चारदोबाटो, लुभु। |
लेले, टिभ, चागा, धाखे, सातदोबाटो। |
स्वयम्भू, डल्लु, विष्णुमती नदीको तीर हुँदै टेकु। |
साँखु तिवारी टोल, जोरपाटी। |
नख्खु दोबाटो, सानेपा, टेकु, परोपकार, शोभाभगवती, खुसिबु, सोह्रखुट्टे। |
नख्खु दोबाटो, झम्सीखेल, सुमित होटल, कुपण्डोल, थापाथली, त्रिपुरेश्वर, नुयुगे, रत्नपार्क। |
बल्खु, सानेपा, झम्सिखेल, पुलचोक, मंगलबजार, ग्वार्को। |
बल्खु, वागमती नदी किनार हुँदै शंखमूलबाट बालकुमारी। |
बल्खु, सानेपा हाइट, कुपण्डोल। |
नयाँबजार कीर्तिपुर, मच्छेगाउँ, नैकाप। |
मातातीर्थ, सतुङगल, नैकाप, कलंकी। |
थानकोट, बलम्बु, सतुंगल, नैकाप, कलंकी स्युचाटार, मकालु, कलंकी। |
स्युचाटार, मकालु, कलंकी। |
रामकोट, लामथुके, सोल्टी दोबाटो, बाफल, सोल्टीमोड, कालीमाटी, टेकु, त्रिपुरेश्वर, न्युरोड गेट, रत्नपार्क। |
भीमढुङ्गा, सीतापाइला, सीतापाइला चोक। |
स्वयम्भू, डल्लु, शोभाभगवती, खुसिबु, सोह्रखुट्टे, रत्नपार्क। |
इचगु, स्वयम्भू, डल्लु, विष्णुमती नदी तीर हुँदै टेकु । |
एेतिहासिक क्षेत्र नं. १ सोह्रखुट्टे, केशरमहल, ठहिटी, नयाँ सडक, क्षेत्रपाटी, सोह्रखुट्टे। |
एेतिहासिक क्षेत्र नं. २ लगनटोल, काठमाडौं दरबार क्षेत्र, क्षेत्रपाटी केशरमहल। |
१ किलोमिटर देखि २७ किलोमिटर सम्मको दूरी
केएसयुटपीले निर्धारण गरेको रुटमा १.५ किमी मात्रै दूरी भएको रुट र २७.३ किमी लामो रुट पनि निर्धारण गरिएको छ।
सबैभन्दा छोटो रुट
एेतिहासिक क्षेत्र नं. २ लगनटोलदेखि, काठमाडौं दरबार क्षेत्र, क्षेत्रपाटी हुँदै केशर महल आउने रुट सबै भन्दा छोटो रुट हो। यो रुटमा १.५ किलोमिटर बाटो रहेको छ। स्युचाटारदेखि मकालु हुँदै कलंकी आउने रुट पनि निकै छोटो छ। यो रुटमा २.३ किलोमिटर गाडी चलाउनु पर्छ। एेतिहासिक क्षेत्र नं. १ सोह्रखुट्टे हुँदै केशरमहल, ठहिटी, नयाँ सडक, क्षेत्रपाटी,सोह्रखुट्टे आउने रुट २.४ किलोमिटर र धर्मस्थलीबाट बालाजु बाइपास हुँदै नयाँ बसपार्क आउने रुट ३ किलोमिटरमात्रै छ।
सबैभन्दा लामो रुट
काठमाडौं उपत्यकाको सबैभन्दा लामो रुट चक्रपथ परिक्रमा हो। चक्रपथ २७.३ किलोमिटर रहेको छ। चक्रपथमा दुई रुट निर्धारण गरिएको छ। एउटा नयाँ बसपार्कबाट बालाजु हुँदै नयाँ बसपार्क आउने। अर्को नयाँ बसपार्कबाट सुकेधारा हुँदै नयाँ बसपार्क आउने। त्यस्तै नगरकोटदेखि कोटेश्वरसम्मको दूरी २३.६ किलोमिटर छ। नगरकोटबाट सैनिक तालिम केन्द्र, सल्लाघारी, नयाँठिमी, जडिबुटी हुँदै कोटेश्वेरको रुट रहेको छ। त्यस्तै फर्पिङदेखि पुरानो बसपार्कको रुट पनि लामो छ। फर्पिङ्गबाट नागदह, चोभार, त्रिवि गेट, बल्खु, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क हुँदै पुरानो बसपार्क आउँदा १८.२ किलोमिटर यात्रा गर्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।