|

कालीकोट : जिल्ला कारागार कालीकोटमा कैदी जीवन बिताइरहेको एक जोडीले बिहीबार जेलभित्रै विवाह गरेको छ। कालीकोट राचुली गाविस -९ का ३३ वर्षीय डिल्ली कोइराला र कालीकोट लालु-७ घर भएकी ३० वर्षीया मिम्कोसा विष्टबीच बिहे भएको हो।

कोइराला पत्नीको हत्या गरेर जेल सजाय भोग्दै छन्, भने विष्टले पतिको हत्यामा जेल सजाय भोगिरहेको जेलर सञ्जय महतोले बताए। उनका अनुसार कोइराला २०६८ साउन २९ गते पत्नी नन्दशोभाको हत्यापछि जिल्ला अदालत कालीकोटको फैसला अनुसार जेल चलान भएका हुन्। त्यस्तै मिम्कोसाले २०७२ असोज १ गते पति प्रेमको हत्या गरेपछि जिल्ला अदालतको फैसलाअनुसार असोज १० गते जेल चलान भएकी हुन्।

विवाह गरे पनि उनीहरुले जेल सजाय पूरा नगर्दासम्म सँगै बस्न नपाउने जेलर महतोले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.