|
http://edition.cnn.com

इराकी सुरक्षा फौजले मोसुलस्थित विमानस्थल नियन्त्रणमा लिएको छ। चार घण्टाको संघर्षपछि  सेनाले मोसुल विमानस्थल आतंकवादी संगठन आईएसको नियन्त्रणबाट मुक्त गराएको हो।

मोसुलको पश्चिमी भागमा केही दिन अघि इराकी फौजले शुरु गरेको सुरक्षा अभियानमा यसलाई महत्वपूर्ण सफलताका रूपमा हेरिएको बीबीसीले जनाएको छ।
संघर्षका कारण विमानस्थलको मुख्य भवन र रन-वे ध्वस्त भएको छ। इराकी सेनाका प्रवक्ताले सुरक्षा फौजले विमानस्थल नियन्त्रणमा लिएपछि पनि आईएसले टाढाबाट मोर्टार आक्रमण गरेको बताएका छन्।

गएको साता मोसुलको पूर्वी भागमा कब्जा जमाएको सरकारी सुरक्षा फौजले दक्षिण पश्चिमी क्षेत्रको अधिकांश क्षेत्र नियन्त्रणमा लिइसकेको छ। आईएस लडाकु पश्चिमी मोसुलको घना बस्ती भएको क्षेत्रमा गएकाले अब सरकारी सुरक्षाफौजलाई लड्न केही कठिन हुने अनुमान गरिएको छ। पश्चिमी मोसुल पूर्वी क्षेत्रको तुलनामा सानो र घना बस्ती भएको क्षेत्र भएको र आईएस समर्थक पनि रहेकाले सेनालाई अप्ठ्यारो पर्ने देखिएको हो। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.