|
अटोलाई ठक्कर दिएको भारतीय नम्बरप्लेटको लहरी ।

महोत्तरी : महोत्तरीको बर्दिबासमा शनिबार विहान सडक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

बर्दीबास नगरपालिका–१ स्थित बर्दीबास चौकमा रोकेर राखिएको ना. ३ स. २३६१ नम्बरको अटोलाई आर जे०२जिबी ३३४७ नम्बर भएको भारतीय लहरीले ठक्कर दिँदा अटो चालक बर्दीबास नगरपालिका–१ निवासी टेकनारायण श्रेष्ठका ४० वर्षीय छोरा शम्भु श्रेष्ठको मृत्यु भएको हो।

गम्भीर घाइते श्रेष्ठलाई उपचारका लागि बर्दीबास जनसेवा हस्पिटल लगिएकोमा त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रवक्ता सोनु कुमार साहले जानकारी दिए।

भारतीय लहरी चालक अरबिन कुमार बलाइत लहरी इलाका प्रहरी कार्यलय बर्दिबासको नियन्त्रणमा रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.