|

काठमाडौं : आज महाशिवरात्रि। देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो छ। हिन्दूहरुका आराध्यदेव पशुपति नाथको मन्दिरमा त भीड थामिसाध्ये छैन। बिहान ३ः३० बजेदेखि पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गरिएको छ। भक्तजनहरु दर्शनका लागि मध्यरातबाटै लाइनमा बसेका थिए।

दर्शनका लागि ३ः३० बजेदेखि पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टन्डनले जानकारी दिए। उमाकुण्ड, मित्रपार्क क्षेत्रबाट प्रवेश गरेका भक्तजन उत्तर ढोका, जयवागेश्वरीबाट प्रवेश गरेका भक्तजन पश्चिम ढोका र विमानस्थल एवम् गौशाला क्षेत्रबाट प्रवेश गरेका भक्तजन दक्षिण ढोकाबाट मन्दिर प्रवेश गरी दर्शन गर्ने व्यवस्था मिलाइएको छ।

महाशिवरात्रिका अवसरमा शुक्रबार पशुपति क्षेत्रमा चार हजार नेपाल प्रहरी, दुईहजार पाँचसय सशस्त्र प्रहरी र चारसय राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ।  

हेर्नुहोस् पशुपतिमा भक्तजनको भीड :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.