|

नेपाली साहित्यमा विशेषगरी कविता र गीतका क्षेत्रमा स्थापित र चर्चित नाम हो, श्रवण मुकारुङ। पूर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका स्रष्टा मुकारुङलाई २०६२/०६३ को जनआन्दोलनले निकै माथिल्लो उचाइमा पुर्‍याइदियो, सिर्जनात्मक र प्रतिष्ठा दुवै रूपमा।

आफैँमा पिछडा, दलित वर्गमा पर्थे, बिसे नगर्ची, उनीमार्फत् जनआवाज, जनचाहना र जनअभिव्यक्ति दिनु चुनौती नै थियो। यद्यपि, उनले बिसे नगर्चीलाई बोलाए, कवितामार्फत्- आमनेपालीका पक्षमा। गरिब, विपन्न, शोषित, पीडित र पछाडि पारिएका समग्र मानिसका पक्षमा।

दोस्रो जनआन्दोलनताका उनले लेखेको कविता 'बिसे नगर्चीको बयान' उनको जीवनमा परिवर्तनको कोशेढुंगा बनिदियो। भन्छन्, 'यो कवितापछि नसोचेको सम्मान पाएँ।' वास्तवमै राजाको प्रत्यक्ष शासन, जनताको वाक स्वतन्त्रतामाथिको बन्देज, निरङ्कुशताको दवदवा। त्यस्तो बेलामा एउटा सामान्य नागरिक, जो इतिहासका पानामा मात्र अङ्कित थिए र आफैँमा पिछडा, दलित वर्गमा पर्थे, बिसे नगर्ची, उनीमार्फत् जनआवाज, जनचाहना र जनअभिव्यक्ति दिनु चुनौती नै थियो। यद्यपि, उनले बिसे नगर्चीलाई बोलाए, कवितामार्फत्- आमनेपालीका पक्षमा। गरिब, विपन्न, शोषित, पीडित र पछाडि पारिएका समग्र मानिसका पक्षमा।

दोस्रो जनआन्दोलन चल्दै थियो। मिडियामाथि हस्तक्षेपको क्रम बढ्दै थियो राज्यको। उता माओवादी सशस्त्र द्वन्द्वमा थियो। हजारौँ नेपालीले बलिदानी दिइसकेका थिए, परिवर्तनका लागि। त्यसमाथि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन गर्ने महत्त्वाकाङ्क्षाले चरम रूप लिँदै थियो। आमनागरिक विद्रोही बन्दै थिए। लोकतन्त्रको पुनर्प्राप्ति, हकअधिकारको फिर्तीका निम्ति आन्दोलित बन्दै थिए जनता। लेखक-साहित्यकार, पत्रकार, मानवअधिकारकर्मीहरू विभिन्न विरोधका कार्यक्रममा सक्रिय थिए। त्यसैबेला नागार्जुन साहित्य प्रतिष्ठान र स्वतन्त्र रेडियो बचाऊ आन्दोलन चलिरहेको थियो। आन्दोलनका संयोजक पत्रकार रघु मैनालीले एक दिन अचानक फोन गरे र भने, 'तपाईँको एउटा दमदार कविता चाहियो।' मुकारुङले नयाँ कविता आफूले लेख्न नसकेको बताएपछि मैनालीको शालीन अनुरोधात्मक धम्की आयो, 'सर कवितासहित असार ६ गते बिहान ६ बजे आर्ट काउन्सिल आइपुग्नुपर्छ।'

एउटा पुरानो मित्रको अनुरोधात्मक धम्कीले उनलाई रातभर घोचिरह्यो। अनेक विषय सोचे राती। अचानक मध्यरातमा उनलाई सम्झना भयो, बिसे नगर्चीको। शीर्षक टिपिहाले उठेर- 'बिसे नगर्चीको बयान।'

नेपाल एकीकरणको सन्दर्भमा इतिहासमा जोडिने नाम हो, बिसे नगर्ची। पृथ्वीनारायण शाहका अनेक घोषित/अघोषित सल्लाहकार, सहयोगीमध्ये बिसे नगर्चीको योगदान अत्यन्तै महत्त्वपूर्ण रहेको पाइन्छ। नेपाल एकीकरणको सन्दर्भमा पृथ्वीनारायण अत्यन्तै सङ्कटमा रहेका बेलामा बिसे नगर्चीले आर्थिक र अन्य समस्याबाट मुक्तिका लागि महत्त्वपूर्ण सल्लाह दिएका थिए। बिसे नगर्ची, जो दलित जातिका प्रतिनिधि थिए, उनको योगदानलाई राज्यले बिर्सिँदै गएको आभास भएछ, मुकारुङलाई।

भएछ के भने, यो कविता रचना गर्नु केही समयअघि मुकारुङ गोरखा गएका रहेछन्। गोरखा दरबार वरिपरि घुमेछन्, इतिहासबारे खोजीनीति गरेछन्। बिसे नगर्चीको गाउँ पुगेछन्। उनी त्यसबेला चकित मात्र भएनछन्, दुखित पनि बनेछन्, जतिबेला चिया पसलेले नेपाल एकीकरणको एउटा महत्त्वपूर्ण पात्र बिसे नगर्चीको जन्मस्थानलाई राज्यले दरबार संरक्षण गर्ने नाउँमा बिसेको गाउँ अधिग्रहण गर्ने कुरा सुनेछन्। उनलाई लागेछ, यस्तो पवित्र र ऐतिहासिक स्थललाई त सोही रूपमा संरक्षण पो गर्नुपर्थ्यो त!

यसपछि बिसे नगर्चीले उनलाई पटक पटक घोचिरहेको रहेछ। उनको अवचेतनमा बिसेमाथिको राज्यको अन्यायले विद्रोहको रूप लिँदै रहेछ, तर उनी राज्यसँग भौतिक रूपमा विप्लव गर्न सक्दैनथे, कारण, कवि जो परे। तर उनीसँग हतियार भन्दा दरो हतियार कलम त थियो नै। आखिर त्यही कलमले बिसेमाथि न्यायको आवाज ओकल्यो, बिसे बोल्यो- श्रवण मुकारुङको कलममार्फत्।

बिसे यसरी बोल्यो कि उसले २ सय पचास वर्षपछि राजनीतिक, सामाजिक, साँस्कृतिक उथलपुथल ल्याउनमा महत्त्वपूर्ण भूमिका खेल्यो। २०६२/०६३ को दोस्रो जनआन्दोलनमा हरेकका मुखमुखमा झुण्डियो बिसे नगर्ची।

मेरो टाउको फनफनी घुमिरहेछ

जमिन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिर्मिरतिर्मिर भएर

हजुरको शिर दसवटा देखिरहेछु

खोइ मेरो पैताला कहाँनिर छ ?

कहाँनिर छ बिसे नगर्ची?

मालिक!

म बौलाएँ।

९ असार, २०६२ मा प्रज्ञाप्रतिष्ठानमा भएको कविगोष्ठीमा पनि उनले यो कविता सुनाएछन्, अतिथि कविका रूपमा। तर समस्या आइलागेछ, तात्कालीन काव्य विभाग प्रमुख भुवन ढुङ्गानालाई। तात्कालीन उपकुलपति प्रा. डा. वासुदेव त्रिपाठीले ढुङ्गानासँग प्रस्टीकरण नै सोधेछन्, त्यस्तो कविता सुनाउन किन दिएको? भनेर।

गाउँघरमा धामी बसेको बेला धामी बौलाएजसरी नै बिसे बितेको २ सय ५० वर्षपछि बौलायो। बिसे कवि श्रवणको शरीरमा चढ्यो, वायु बनेर र बकिरह्यो- वर्तमानको वास्तविकता, विगतसँग जोड्दै। उसले विगत लामो समयदेखि आफू र आफ्ना पूर्खा र सन्ततिले राज्यबाट अपहेलित हुनुपरेको तीतो यथार्थ आँखा चिम्लिएर बक्यो। सामाजिक, आर्थिक विभेदलाई कडा स्वर दियो।

 

मालिक!

हजुरको तरबारले टाउको काट्छ कि फूल?

भ्रममा परेँ म

हजुरको बन्दुकले विचार ढाल्छ कि मान्छे?

भ्रममा परेँ म

यस राज्यलाई प्रजाले बनायो कि राजाले?

भ्रममा परेँ म

अढाई सय वर्षदेखि म तपाईँ समक्ष छु मालिक!

म कसरी आतङ्ककारी हुनसक्छु?

म केवल बौलाएँ मालिक!

बौलाएँ।

 

९ असार, २०६२ मा प्रज्ञाप्रतिष्ठानमा भएको कविगोष्ठीमा पनि उनले यो कविता सुनाएछन्, अतिथि कविका रूपमा। तर समस्या आइलागेछ, तात्कालीन काव्य विभाग प्रमुख भुवन ढुङ्गानालाई। तात्कालीन उपकुलपति प्रा. डा. वासुदेव त्रिपाठीले ढुङ्गानासँग प्रस्टीकरण नै सोधेछन्, त्यस्तो कविता सुनाउन किन दिएको? भनेर।

यही कविता ६ असार, २०६२ मा पहिलोपटक सुनाएपछि कवि मुकारुङ कहिल्यै पछाडि फर्किएका छैनन्। देशका त कति ठाउँमा यो कविता सुनाए उनले, उनैलाई हेक्का छैन। विदेशमा पनि केही स्थानमा यस कविताले वाहवाही पायो। देश विदेश घुम्ने अवसर यस कविताले जुराइदियो, त्यो स्वाभाविक नै थियो, यही कविताको प्रभाव हो, मुकारुङ आज मुलुककै उच्च प्राज्ञिक निकाय नेपाल प्रज्ञाप्रतिष्ठानमा विराजमान छन्। त्यसो त सांसदका लागि नाम पनि सिफारिस भयो उनको। पुरस्कार र सम्मानमा त उनी निकै अगाडि रहे, समकालीन कविमाझ। भन्छन्, 'सायद कवि दिनेश अधिकारीपछि सबैभन्दा धेरै पुरस्कार पाउने म नै हुँ।' यद्यपि, उनले पाएको पुरस्कारको रकम भोलिपल्ट बिहानसम्म कहिल्यै रहेन रे! 'मैले पुरस्कार पाएको घरभेटीले थाहा पाइहाल्दारहेछन्', मुकारुङ भन्छन्, 'पुरस्कार थापेर डेरामा पुग्दापुग्दै घरभेटीको मेरै ढोकाअघि उपस्थिति भइसक्छ।' कुरा के रहेछ भने निकै महिनाअघिदेखिको घरभाडा तिर्न बाँकी हुँदोरहेछ उनको। 'एउटा सडककविको आर्थिक स्थिति के हुन्छ र!', मुकारुङ भन्छन्, 'यस्तै उस्तैले घरव्यवहार चल्ने हो।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • .