काठमाडौं : गायक तथा र्यापर राजेन्द्र भट्ट ‘मिस्टर आरजे’को संगीत रहेको ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा गायक समीर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाज छ। गीतमा राजेन्द्रको संगीत र नवराज कलौनी र राजेन्द्रकै शब्द रहेको छ। गीतको भिडियोमा अभिनेता पुष्प खड्का र टिकटक स्टार गरिमा शर्माले अभिनय गरेका छन्।
गीतको भिडियोमा उनीहरुको केमेस्ट्रीलाई लिएर चर्चा चलेको छ। नरेन्द्र वियोगीको संगीत संयोजन विधान कार्कीको निर्देशन रहेको गीतको भिडियोमा विकाश दाहालको सम्पादन छ।
उत्सव दाहालले भिडियोको छायांकन गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।