इप्रका गरुडाका डिएसपीलाई प्रदेशमा तानियो

|

जनकपुरधाम : हिरासतभित्र विजय रामको मृत्यु भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका इन्स्पेक्टरसहित तीन प्रहरीलाई निलम्बन गरिएको छ। 

प्रहरी निरीक्षक (इन्स्पेक्टर) नवीन सिंह तथा हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंह निलम्बनमा परेका हुन्। इन्स्पेक्टर सिंहलाई प्रहरी प्रधान कार्यालय र हवल्दारद्वयलाई प्रदेश प्रहरी कार्यालयले निलम्बन गरेको २ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाले निरञ्‍जन रामको हत्या अभियोगमा सात जनालाई पक्राउ गरेको थियो। जसमध्ये विजयलाई अनुसन्धानका क्रममा जिल्लाबाट खटेका इन्सपेक्टर सिंह र हवलदारद्वयले यातना दिएका थिए। यातनापछि नेशनल मेडिकल कलेज वीरगन्जमा भर्ना भएका रामको उपचारका क्रममा त्यहीँ मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज एवम् डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालयमा तानिएको छ। अहिले गरुडामा नयाँ डिएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.