|

काठमाडौं : महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर पारीको राम मन्दिर परीसरमा साधुबाबाले भरीएको थियो। बुङबुङ्ति धुँवा उडिरहेको थियो। त्यो धुँवाको स्रोत थियो बाबाहरुले बालेको आगो र उनीहरुले खाएको गाजा।

बाबाहरुलाई मात्र प्रयोग गर्न अनुमति भएको गाजा अरुले पनि प्रयोग गरिरहेका थिए। बाबाहरुले अरुलाई त्यो गाजा बेचिरहेका थिए। प्राय गाजा खानको लागि आउनेको भीड थियो। त्यहाँ भएका धेरैजसो गाजाको नशामा मस्त थिए।

प्रहरीले बेलाबेला बाबाहरुबाट गाजा बरामद गरिरहेका थिए भने किन्न आएकालाई लखेटिरहेका थिए। त्यत्तिमै न त गाजा बेच्ने बाबा रोकिन्थे न त गाजा किन्न आएकाहरु भाग्थे। यसरी नै शुक्रबार दिनभर बाबाहरुको गाजा व्यापार चलिरह्यो। 

हेर्नुस् फोटोहरु: 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.