बागलुङ : बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएका मध्ये १३ जनाको परिचय खुलेको छ भने ४ जनाको शव फेला परेको छ।
ढोरपाटन नगरपालिकाको वडा नं. ८ र ९ बोबाङका ठाउँ ठाउँमा खसेको पहिरोका कारण १७ जना सम्पर्क विहीन भएका थिए।
उनीहरुमध्ये ढोरपाटन नगरपालिका– ९ का ३५ वर्षीया कौशला पुन, उनका छोरा ६ वर्षीय हिक्मत पुन, सोही ठाउँ बस्ने ३५ वर्षीय जीतबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीय कुमारी बि.क., १९ वर्षीया पुतली बि.क र ३२ वर्षीयाकरमती घर्ती मगर रहेका छन्।
त्यस्तै सोही ठाउँकै ३५ वर्षीया रीना घर्ती मगर, ३५ वर्षकै दिलमाया घर्ती मगर, उनको छोरा नाम नखुलेको ६ वर्षी बालक, ५५ वर्षीय डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका ४ घर भई ढोरपाटन घुम्न गएका २५ वर्षीय नविन भण्डारी बेपत्ता भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिए।
पहिरोमा बेपत्ता भएकाहरु मध्ये ढोरपाटन नगरपालिका–३ भुजिखोला किनारमा अन्दाजी ३०÷३२ वर्षको पुरुषको शव फेला परेको छ। ढोरपाटनकै वडा नं. ५ बुडाथोक स्थित पुलको लठ्ठोमा अड्केको अवस्थामा वर्ष अन्दाजी ३०÷३५ को पुरूषको शव भेटिएको उनले बताए।
त्यस्तै बडिगार्ड गाउँपालिका– ५ बालुवामा अन्दाजी २०–२२ का पुरूष र बडिगार्ड गा.पा. ७ खोप्चेमा अन्दाजी १२÷१३ का पुरूषको शव फेला परेको भण्डारी बताए। प्रहरी भखरै घटनास्थलमा पुगेको र बेपत्ताहरुको खोजी भैरहेकाले संख्या बढ्न सक्ने भण्डारीले बताए। नेपाली सेना र सशस्त्र प्रहरीको टोली समेत घटनास्थल पुग्दै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।