|

सल्यान  : नेपाल पत्रकार महासंघ जिल्ला शाखा सल्यानको अध्यक्षमा प्रतीक इच्छुक शर्मा निर्वाचित  भएका छन्। विहीबार शुरु भएको चौथो जिल्ला अधिवेशनबाट शर्मा सर्वसम्मतिमा अध्यक्ष चयन भएका हुन्।

प्रेस सेन्टरका केन्द्रीय सदस्य शर्मालाई जिल्लामा क्रियाशील चार संगठनले स्वीकार गरेपछि अध्यक्ष चयन भएका हुन्। यस्तै उपाध्यक्षमा भरत बस्नेत, उपाध्यक्ष महिलामा प्रगति कुमारी गिरी, सचिवमा शंकर केसी, सहसचिवमा शिवलाल डाँगी, समावेशी सहसचिबमा भीमबहादुर परियार र कोषाध्यक्षमा योगराज विश्वकर्मा निर्विरोध चयन भएका मुख्य निर्वाचन अधिकृत सिपी वलीले जानकारी दिए।

यस्तै सदस्यहरुमा खुल्ला तर्फ भक्तबहादुर केसी, ईश्वरी केसी, वीरेन्द्र डिसी, टीका केसी, कृष्णबहादुर वली, पूर्णचन्द्र शर्मा चयन भएका छन्।  जनजाति सदस्यमा वुद्धिमान पुन, महिला तर्फ सरिता चलाउने र अस्मिता गिरी सर्बसम्मत चयन भएका छन्।

प्रदेश सभासदमा जनक भण्डारी, प्रधुम्न उपाध्याय, मिना बुढाथोकी, धिरज रावत, शनत कुमार शर्मा, प्रकाश रेग्मी, नवीन पौडेल, राजेश शर्मा, टिकाराम भण्डारी, दीपककुमार शर्मा र तिलकराज वली चयन भएका छन्।

यस्तै केन्द्रीय सभासदमा जीतप्रसाद आचार्य, चन्द्रकला बुढाथोकी, टेकराज शाही, रेशम डिसी, युवराज रेग्मी, सुरेश श्रेष्ठ, रमेश वली, जिकन बिसी, डिल्लीराज रावत र पुरुषोत्तम गिरी सर्वसम्मत चयन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.