|

काठमाडौं : उपत्यकाका मुख्य चोकमा अग्ला, चट्ट परेका ट्राफिकले सूचना पाटी बोकेर हलचल नगरी उभिएको देखेर छक्क पर्नुहोला! वास्तवमा यी ट्राफिक प्रहरी होइनन्। जीवित ट्राफिककर्मी नभएपनि यी निकै जागरुकजस्ता देखिन्छन्‌। तपाइँले लेन मिचेको, जथाभावी बाटो काटेको या सडक अनुशासन पालना गरे/नगरेको बारे यी डमीले निकै चलाखीपूर्वक हेरिरहेजस्तो लाग्छ।

काठमाडौं महानगरको सहयोगमा महानगरीय ट्राफिक प्रहरी कार्यालयले बुधबार २३ स्थानमा यस्ता डमी राखेको छ।​ झट्ट हेर्दा साँच्चैका ट्राफिक झैं देखिने यस्ता डमीमा सबैको ध्यान जाने र त्यहाँ राखिएका सूचना प्रभावकारी हुने आशा सम्बद्ध अधिकारीहरुले गरेका छन्।

बानेश्वर, जडिबुटी, कोटेश्वर , महाराजगञ्‍ज, कालिमाटी , कलंकी, माइतीघर, थापाथली र त्रिपुरेश्वरलगायत व्यस्त सडकमा डमीको प्रयोग गरिएको महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।

उक्त डमीमा सवारी चालक र पैदल यात्रुलाई उपयोगी हुने विभिन्न प्रकारका सूचना राख्‍ने र निकट भविष्यमा यस्ता डमीको संख्या ५० पुर्‍याउने महाशाखाको योजना रहेको छ। अहिले सबै सूचनापाटी तयार हुन बाँकी रहेकोले एकै प्रकारको सूचना राखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.