|

ललितपुर  जिल्ला प्रशासन कार्यालय ललितपुरले जारी गरेको कर्फ्यु आदेशका कारण ललितपुर महानगरको पाटन शहर भित्रको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । तर  हिजो अशान्ति भएको मच्छिन्द्रनाथको रथ पूजा भने कर्फ्युको सुरक्षा बीच विधिवत रुपमा जारी छ। कर्फ्यु  आदेशका कारण सर्वसाधारणलाई घरबाट बाहिर निस्कन पूर्णरुपमा निषेध गरिएको छ भने चोक चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । महानगरको चक्रपथ भित्र पर्ने क्षेत्रमा अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबार बिहान ४ देखि राति १० बजेसम्मका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश जारी गरिएको हो।
 
मच्छिन्द्रनाथको क्षमापूजा, भिडियो :

कोरोनाको भाइरसको सङ्क्रमण फैलन नदिने उद्देश्यका साथ निषेधाज्ञा जारी भएको अवस्थामा बिहीबार रातो मच्छिन्द्रनाथको रथ तान्ने विषयलाई लिएर पाटनको पुल्चोक क्षेत्रमा तनाव भएको थियो । स्थानीय प्रशासन र गुठीको अनुमति विना नै केही  युवाले मच्छिन्द्रनाथको रथ जबर्जस्ती तान्ने प्रयास गरेपछि प्रशासनले रोकेको थियो ।  सो क्रममा भएको झडप केही प्रहरी र स्थानीय युवा घाइते समेत भएपछि शान्तिसुरक्षा र अमन चयन कायम राख्न कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.