|

काठमाडौं : कोरोना भाइरसको प्रभाव बढ्दो छ। यसलाई नियन्त्रण गर्न सरकारले पहिलो चरणमा लकडाउन अनि अहिले निषेधाज्ञा लागू गरेको छ। काठमाडौ उपत्यका लगायतका ५० जिल्ला अहिले निषेधाज्ञा झेल्दैछन्।

यतिखेर दैनिक काम गरेर छाक टार्नेहरूलाई निकै समस्या परेको छ। तर, भक्तपुरमा परम्परागत माटोका भाँडा बनाउने काम भने चलि नै रहेको छ। भीडभाड नगरी एउटै परिवारका सदस्यहरुले मात्र यो कामलाई नियमितता दिइरहेका छ्न्‌।

काँचो माटोलाई मोल्ने, भाँडा बनाउने र सुकाउने काम भइरहे पनि व्यापारमा नियमितता नभएको पोटरी प्यालेसमा काम गर्दै गरेका एक वृद्धले बताए।​​​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.