|

सुनसरी : मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको १९ औँ संस्करणको फाइनल खेल शनिबार हुँदैछ। अपरान्ह हुने फाइनल खेलमा नेपाल पुलिस क्लब र संकटा क्लब उपाधिका भिड्नेछन् ।

गोल्डकपको दोस्रो (०५६), चौथो (०५८), पाँचौ (०५९) र दशौँ ०६४ को विजेता भइसकेको पुलिस  तेस्रो (०५७), छैठौँ (०६०) बाह्रौँ ०६६) र गत वर्षको १८ औं संस्करणको उपविजेता समेत हो। गतवर्ष पुलिसले मनाङ मर्स्याङ्दीसँगको फाइनल भिडन्तमा उपाधि गुमाएको थियो।

संकटा भने बुढासुब्बा गोल्डकपको इतिहासमा पहिलोपल्ट फाइनल भिडन्त गर्दैछ। यो सिजनमा यो क्लबले यसअघि नै नारायणगढमा सम्पन्न विकास रनिङ शिल्ड र आठौँ सिमरा गोल्डकप जितिसकेको छ। संकटाले खेल जितेमा बुढासुब्बा गोल्डकपको करिब २ दशकको इतिहासमा नयाँ विजेता बन्नेछ।

यस संस्करणमा पुरस्कार राशीमा वृद्धि गरी विजेतालाई ५ लाख र उपविजेतालाई २ लाख ५० हजार रुपैया प्रदान गरिनेछ। गत संस्करणमा विजेतालाई ४ र उपविजेतालाई २ लाख प्रदान गरिएको थियो। कुल १३ लाख रुपैयाँबाट प्रथम संस्करण शुरु गरिएको प्रतियोगिता १९ औं संस्करणमा आइपुग्दा कुल अनुमानित बजेट ६५ लाख ६७ हजार ५ सय पुगेको छ।

व्यक्तिगत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीलाई यामाहा मोटरसाइकल र सर्वाधिक गोलकर्तालाई २५ हजार रुपैयाँ प्रदान गरिनेछ। उत्कृष्ट प्रशिक्षक, गोलकिपर, डिफेन्स, मिडफिल्डर र स्ट्राइकरलाई नगद १५, १५ हजार पुरस्कार दिइनेछ। प्रतियोगिता सम्पन्न गर्न विभिन्न ९ उपसमिति गठन गरिएको आयोजक धरान फुटबल क्लवका अध्यक्ष किशोर राईले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.