|
फाइल फोटो

जाजरकोट : जंगलबाट ल्याएको जडीबुटी सेवन गर्दा डोल्पामा ५ जना श्रमिक गम्भीर बिरामी परेका छन्‌।

​डोल्पाको शे फोक्सुन्डो गाउँपालिका-१ नामुमामा रहेका जाजरकोट नलगाड नगरपालिका-५ का पाँच जना श्रमिक बिरामी परेका हुन्‌।

जडीबुटी सेवन गर्दा बिरामी परेकाहरुमा नलगाड नगरपालिका-५ का १९ वर्षीय नरेन्द्र ओली, ३६ बर्षीय गोपाल ओली, १८ वर्षीय अजय ओली, ३३ वर्षीय शिवराज केसी र ३८ वर्षीय टेकबहादुर ओली रहेका छन्।

स्थानीय जंगलमा पाइने जडीबुटी खाँदा उनीहरू बिरामी भएका र स्थानीय स्वास्थ्यकर्मीले उपचार गर्न नसक्ने भनेर जवाफ दिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिएका छन्‌।

खबर पाएलगत्तै बिरामीको उद्धारका लागि खटिएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.