|

डोल्पा : कामको खोजीमा उपल्लो डोल्पा पुगेका पाँचजना जाजरकोटका नागरिक दुई दिनदेखि अचेत अवस्थामा रहेका छन्।

शे–फोक्सुण्डो गाउँपालिका–१ मा पर्ने निजाल गुम्बा पुनर्निर्माणका लागि पुगेका उनीहरु जोक नामक विषालु जंगली साग खाएपछि बेहोस भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

बिरामी पर्नेमा नलगाड नगरपालिका–५ का ३६ वर्षीय विष्णु कोसारी, ३८ वर्षीय टेकबहादुर वली, १९ वर्षीय नरेन्द्र वली, वडा नम्बर ४ का १८ वर्षीय अजय वली र वडा नम्बर ८ का ३३ वर्षीय शिवराज केसी रहेको प्रजिअ सुनारले बताए। नरन्द्र वलीले थोरै बोले पनि बाँकी सबै अचेत अवस्थामै रहेको गाउँपालिकाका अध्यक्ष टसीटुण्डुप गुरुङले जानकारी दिए।

सोमबार बेलुकीको खानामा गुम्बा वरिपरि पाइने स्थानीय साग ल्याएर पकाएर खाएलगत्तै सबैजना बेहोस भएको प्रहरीले जनाएको छ। स्थानीय स्वास्थ्यकर्मीले उपचारको प्रयास गरे पनि सम्भव नदेखिएपछि उद्धारका लागि सेनाको हेलिकप्टर बोलाइएको प्रजिअ सुनारले बताए। अचेत अवस्थामा रहेका सबै जाजरकोटी नागरिकको उद्धारका लागि हेलिकप्टर जान लागेको संघीय सरकारका वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.