|

सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमै कोरोना संक्रमितको उपचार गरिने भएको छ। लक्षण नदेखिएको तर कोरोना पुष्टि भएकाहरुको जिल्ला अस्पताल फाप्लुको कोभिड १९ आइसोलेसन कक्षमा राखेर उपचार गरिने अस्पतालकी निमित्त प्रमुख सानी शेर्पाले जानकारी दिइन्।

स्वाब संकलन गरी पठाइएकामध्ये कोरोना पुष्टि भएकी एक युवतीलाई अहिले सोही अस्पतालमा राखेर उपचार सुरु गरिएको उनको जानकारी दिइन्। राष्ट्रिय वाणिज्य बैंक सल्लेरीमा कार्यरत २५ वर्षीया युवतीको अहिले जिल्ला अस्पताल फाप्लुमै उपचार भइरहेको छ।

स्वास्थ्य कार्यालयका प्रमुख रमेश खकुरेलका अनुसार सोमबार युवतीको कोरोना  रिपोर्ट पोजेटिभ आएको थियो। उनको अवस्था सामान्य रहेको र कुनै पनि लक्षण नदेखिएकाले रेफर नगरिएको अस्पतालले जनाएको छ। युवती भदौ ११ मा काठमाडौंबाट सोलुखुम्बु आएकी थिइन्। उनी संगै स्वाब संकलन गरी पठाइएका अन्य ५७ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

हालसम्म सोलुखुम्बुबाट स्वाब संकलन गरी पठाइएका ३६९ जनामध्ये आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस अघि कोरोना पुष्टि भएकाहलाई धरान र बिराटनगरको कोभिड अस्पतालमा राखेर उपचार गरिएको थियो। उनीहरु सबै उपचार पछि निको भएर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.