|

पाँचथर :  अखिल क्रान्तिकारी र अनेरास्ववियुले पाँचथर बहुमुखी क्याम्पसका प्रमुखसँगै निर्वाचन समिति संयोजक र सदस्यहरुलाई थुनिदिएका छन्। निर्वाचन समितिको कार्यालयमा वैठक बसिरहकै बेला दुई विद्यार्थी सङ्गठनले क्याम्पस प्रमुख खेमनाथ खतिवडा, निर्वाचन समितिका संयोजक गणेश पोख्रेल, समितिका सदस्यहरु खड्गनारायण आङदेम्बे, थलप्रसाद ढुङ्गेल, रवीन्द्र खतिवडा लगायतलाई कार्यालयको ढोकामा ताला लगाएर थुनिदिएका हुन्।

दुई सङ्गठनका विद्यार्थीहरुले निर्वाचन समितिले प्रकाशन गरेको विद्यार्थीहरुको अन्तिम नामावली पनि च्याति दिएका छन्। क्रान्तिकारीका पाँचथर इञ्चार्ज जलकुमार तामाङले निर्वाचन समितिलाई ५ जना अयोग्य विद्यार्थीहरुको अन्तिम नामावली नाम प्रकाशन नगर्न आग्रह गरेपनि प्रकाशन गरेपछि तालावन्दीसँगै नामावली च्यातेको बताए।

उनले क्याम्पस प्रशासन र निर्वाचन समिति आग्रहलाई लत्याएर अगाडि बढेपछि तालावन्दी र नामावली च्यात्नु परेको स्पष्ट पारे। क्याम्पसमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, संघीय विद्यार्थी युनियन, संघीय विद्यार्थी लिम्वुवान, समाजवादी विद्यार्थी फोरम र विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीको संगठन छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.