|

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने नेटा ज्युलामा भे १ त ९७८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन्।

बुधबार बिहान रुकुम पश्चिम आठबिसकोट नगरपालिका ११ बस्ने चालक हस्तबहादुर परियारले चलाएर बालुवा बोकेर पहाडातर्फ लैजाँदै गरेको ट्याक्टर ८ बजेर ४५ मिनेटको समयमा दुर्घटना भएको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ हरि कठायत, सोही ठेगानाका, लोकमान श्रेष्ठ, शक्तिमान कठायत, र कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय डोल्पा जनाएको छ। घाइते सबैको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल पुर्‍याईएको प्रहरीले जनाएको छ।

चालक हस्त बहादुर परियार सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए। 

ट्याक्टर सडकदेखि करिब १५० मिटर तल खसेर दुर्घटना भएको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.