|

काठमाडौं : काठमाडौं महानगरले हरियाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत सडकखण्डमा रहेका बोटविरुवाको काँटछाँट र सफाइ अभियान थालेको छ। माइतीघरदेखि तीनकुने क्षेत्रसम्‍मका सडकको मध्यभागमा रहेको आइल्याण्डको हरियाली बोटविरुवालाईकाँटछाँट थालेको हो। 

मंगलबारदेखि सुरु गरिएको यो काम तीन दिनसम्म जारी राखिने महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए। ​ उनका अनुसार ३० जना कर्मचारी लागेर विरुवाको हाँगा काट्ने तथा काँटछाँटको काम भइरहेको छ। 

सडकमा धेरै सवारी साधनको चाप नभएको अवसर पारेर सडकका दाँयाबाँया सरसफाइ गरिएको हो। 'सामाजिक दूरी कायम गराएर सफाइ अभियानलाई निरन्तरता दिइरहेका छौ,' सापकोटाले भने,' कोरोनाको संक्रमण दर बढे पनि महानगरभित्र रहेको वातावरणलाई सफा राख्नु हाम्रो मुख्य जिम्मेवार हो।'

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.