|

काठमाडौं : उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि निषेधाज्ञा जारी छ। यहाँ प्रवेश गर्ने मुख्य नाकाहरूमा बाहिरी जिल्लाबाट आएका सवारीसाधन प्रवेशमा कडाइ गरिएको छ। तर, नाकामा भीडभाड नै देखिन्छ। ​

अत्यावश्यक बाहेक अन्य प्रयोजनका सवारी साधनलाई उपत्यका प्रवेशमा रोक लगाएको थानकोट प्रहरी प्रभागका प्रहरी निरीक्षक हेमन्त थापाले जानकारी दिए। 'दुई दिनयता सवारीको चाप बढिरहेको छ,' उनले भने, 'विदेश जान आएका तथा पासपोर्ट र भिसा भएकालाई सहज जान दिएका छौँ।'

पैदलयात्रीहरूलाई भने सहजै उपत्यका प्रवेश गर्न दिइएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.