|

हेटौंडा : नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सधैं  छिमेकीसँग आत्मसम्मानसहितको मित्रताको पक्षमा रहेको बताएका छन्। मानव धर्म सेवा समितिको स्वर्ण जयन्तीको अवसरमा हेटौँडामा भैरहेको जयन्ती सत्संग समारोहमा ओलीले छरछिमेकी भनेको जुनसुकै बेलामा पनि आवश्यक पर्न सक्ने भएको बताए।

ओलीले नेपाल सधै मानवजातीको कल्याण र शान्तिको पक्षमा रहेको बताए। वेद तथा ग्रन्थहरुले सिकाएका राम्रा कुरालाई पुरानो भनेर कहिल्यै पनि अपहेलित गर्न नहुने उनले बताए। उनले सत्संग प्रत्येक मानव जीवनमा आवश्यक रहेको बताए।

कार्यक्रममा योग गुरु तथा भारतीय जनता पार्टीका नेता सत्पाल जि महाराजको पनि उपस्थिति थियो। उनले कार्यक्रममा हजारौं भक्तजनहरुलाई प्रवचन दिए। हिजोबाट सुरु भएको कार्यक्रम नेपालभरबाट ५० हजारले अबलोकन गरिसकेको आयोजक नेपाल मानव धर्म सेवा समितिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.